हवार्इ उडानपछि सौराहा- पोखराको संयुक्त प्याकेज, दशैं लक्षित साढे २० हजारको पर्यटन प्याकेज

बिजमाण्डू
२०७४ असोज २ गते १४:२३ | Sep 18, 2017
काठमाडौं।पोखराको क्राउन हिमालयज र सौराहाको राइनो लज एण्ड होटलले संयुक्त रुपमा दशैतिहार प्याकेज योजना ल्याएको छ।

आन्तरिक पर्यटकलार्इ लक्षित गर्दै साढे २० हजार रुपैयाँमा पोखरा र सौराहा घुम्ने योजना होटलले ल्याएको हो।क्राउन हिमालयजका कार्यकारी निर्देशक आग्रह अर्यालले आन्तरिक पर्यटकलार्इ लक्षित गर्दै सौराहा र पोखराको प्याकेज ल्याएको बताए।
 
उनले पोखरा चितवन हवार्इ उडान सुरु भएकोले संयुक्त प्याकेज ल्याएको बताए।बुद्ध एयरले शुक्रबारदेखि पोखरा चितवन हवार्इ उडान सुरु गरेको थियो। बुद्ध एयरको पहिलो उडान पोखरा–भरतपुर विहान १० बजे र भरतपुर–पोखरा उडान १०:३५ मा भइरहेको छ। बुद्ध एयरको १८ सिट क्षमता भएको जहाजमा भरतपुर–पोखराको हवाई भाडा दर ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ। 
 
यो प्याकेज अनुसार दुर्इ जनाले दुर्इ रात सौराहा र दुर्इ रात पोखरामा होटलमा बस्न पाइनेछ।यो प्याकेजमा ब्रेकफाष्ट पनि समेटिएको छ।अर्यालका अनुसार यो प्याकेजमा पोखरामा साराङकोट तथा वुद्ध स्तुपा र सौराहामा हात्ती सफारी गर्न पाइनेछ।
 
 
 
 
 
 

Tata
GBIME
Nepal Life