नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, बरिष्ठ अधिकृत पदकालागि आवेदन माग

बिजमाण्डू
२०७४ असोज २ गते १२:०८ | Sep 18, 2017
नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, बरिष्ठ अधिकृत पदकालागि आवेदन माग


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा १४ कर्मचारी माग गरेको छ। प्राधिकरणले बरिष्ठ अधिकृत पदमा १४ जना एयर ट्राफिक सर्भिसेस माग गरेको हो।

Tata
GBIME
Nepal Life

सातौ तहकालागि मागिएको उक्त पदमा आवेदन दिनकालागि  विज्ञान तथा सूचना प्रविधि वा व्यवस्थापन बिषयमा स्नातक तह उत्तीर्ण गरी ६ महिनाको एयर ट्रफिक सर्भिसेस तालीम प्राप्त गरेको हुनुपर्छ।

उक्त पदमा आवेदनकालागि २१ बर्ष पूरा भै ३५ बर्ष ननाघेको हुनुपर्ने छ।

दरखास्त आवेदन दिने म्याद असोज २२ गतेसम्म रहेको छ।

प्राधिकरणले लिखित परिक्षा कार्तिक ७ गते हुने जनाएको छ।