सपोर्ट माइक्रो फाइनान्सको साधारण सेयर असोज १८ देखि, एक लाख ८० हजार कित्ता निष्काशन

बिजमाण्डू
२०७४ असोज २ गते १०:४४ | Sep 18, 2017
काठमाडौं। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता साधारण शेयर जारि गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका सेयर असोज १८ देखि २३ गतेसम्म बिक्री गर्न लागेको हो।
 
संस्थाको साधारण शेयर खरिदको लागि न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्तासम्म आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यपिटलले जनाएको छ। 
 
संस्थाले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत हुन आउने ३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत हुन आउने ९ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ। 
 
संस्थाको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने चुक्ता पूँजी साधारण शेयर निष्काशनपछि छ करोड रूपैयाँ पुग्नेछ। संस्थाको संस्थापक शेयरधनीहरुको ७० प्रतिशत ४ लाख २० हजार कित्ता र सर्बसाधारण समुहको ३० प्रतिशत एक लाख ८० हजार कित्ता रहेको छ। 
 
संस्थाको सेयर आवेदन एनएमबि क्यापिटल नागपोखरी र संस्थाको कार्यालय इटहरीबाट दिन सकिन्छ। हकप्रद आवेदन आस्वा सेवा भएका सम्पुर्ण वित्तीय संस्थाहरुबाट पनि दिन सिकन्छ।
 
संस्थाले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर सहित १० जिल्लाबाट आफ्नो कारोबार गर्न सक्ने अनुमति पाएको छ। 

Tata
GBIME
Nepal Life