आइसेक एउटा विश्वव्यापी युवा नेतृत्व संस्था हो, जसले शान्ति प्राप्त गर्न र युवाहरुलाई चुनौतीपूर्ण वातावरणहरुमा व्यावहारिक अनुभवहरुबाट सिक्ने गरी सक्रिय पार्ने प्रयास गर्छ। यो सहकार्यले कम्पनीहरु तथा युवाहरुलाई दिगो विकासको लागि स्पष्ट मार्गचित्र बनाउन एकआपसमा जोड्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोकाकोलाले आइसेकलाई विभिन्न क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समिटहरु निरन्तर आयोजना गर्न उत्साहित गर्छ।कम्पनीका अनुसार संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरुको बारेमा छलफल गर्दै भविष्यको नेतृत्वको रुपमा युवाहरुलाई त्यस्ता कार्यहरुमा संलग्न गराउने माध्यम प्रदान गर्छ। कोकाकोलाले आइसेकका सदस्यहरुलाई कम्पनीको दिगो परियोजनाहरु भ्रमण गर्न र संचालमा रहेका परियोजनाहरुमा आबद्ध हुनका लागि स्वयंसेवकहरुलाई उत्साहित बनाउने बताइएको छ। कम्पनीका अनुसार यो सहकार्यका साथमा, आइसेकले युथ स्पिक फोरमको आयोजना गर्ने र कोकाकोलाले भावी पुस्ताका संभावित नेतृत्वलाई प्रेरणा दिनेछ ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले दुर्इ सय भन्दा बढि युवालार्इ संबोधन गर्दै कोकाकोलामा आफ्नो अनुभव साटे। ‘यो सहकार्यका साथमा, हामी यो आशा गर्दछौं कि नेतृत्व दिने युवाहरुलाई विभिन्न श्रृंखलाको युथ स्पिक फोरमको आयोजनाका साथमा अझ ससक्त रुपमा जोड्ने छौँ, उनले भने।