एनबिआर्इ र एभरेष्ट बैंकबीच तालिमका लागि सम्झौंता, कर्मचारी तालिमका लागि ५० लाख छुट्यायो

बिजमाण्डू
२०७४ असोज १ गते २०:२१ | Sep 17, 2017
काठमाडौं। नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच कर्मचारीलार्इ तालिमका लागि सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

एनबिआर्इले बैंकका कर्मचारीलार्इ विभिन्न तालिम उपलब्ध गराउनेछ।तालिमका लागि संस्थागत रुपमा सम्झौंता गर्ने एभरेष्ट बैंक पहिलो भएको एनबिआर्इद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।बैंकले तालिमका लागि पचास लाख रुपैयाँ भन्दा बढी रकम एनबिआर्इलार्इ दिएको छ।एनबिआर्इले बैंकका कर्मचारीका लागि वार्षिक रुपमा तालिम संचालन गर्नेछ।
 

सम्भौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र एनबिआर्इका प्रमु अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन्।