सेञ्चुरी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टरार्इ, अन्तत अनुजमणी वाहिरिए

बिजमाण्डू
२०७४ असोज १ गते १७:५५ | Sep 17, 2017
सेञ्चुरी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टरार्इ, अन्तत अनुजमणी वाहिरिए


काठमाडौं।सेञ्चुरी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टरार्इ नियुक्त भएका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनाको राजीनामा स्वीकृत गर्दै भट्टरार्इलार्इ कायममुकायमको जिम्मेवारी दिएको हो।भट्टरार्इ बैंक संचालन हुनु पूर्वदेखिनै दोस्रो वरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकका कार्यरत थिए।भट्टरार्इले तीन विषयमा स्नातकोत्तर गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले अर्थशास्त्र,जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक गरेका छन्।भट्टराईले हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८वर्ष कार्य गरी सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्ग क्षेत्रको अनुभव छ ।