एप्पल वर्ल्डले ल्यायो मेगा अफर, मोबाइल खरिदमा सुनचाँदीका सिक्कादेखि मलेसिया र सिंगापुर टुर

बिजमाण्डू
२०७४ असोज १ गते १३:४८ | Sep 17, 2017

काठमाडौं। मल्टिब्राण्ड शोरुम एप्पल वर्ल्डले मोबाइल खरिदमा बिभिन्न अफरहरु ल्याएको छ।

Tata
GBIME
Nepal Life

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड शोरुम एप्पलवल्र्डले मोबाइलमा  ग्राहकलाई हात खाली नजाने उपहार योजना ल्याएको जनाएको छ।

ग्राहकले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउनुकासाथै सुनचाँदीका सिक्कासमेत पाउने कम्पनीका म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए।

मोबाइलका मोडल हेरी ६० प्रतिशतसम्म छुट पाइने समेत उनले बताए।

एप्पल वल्र्डमाबम्पर उपहार स्वरुप एकजनाले ‘आरवान फाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइलमर्मत’को सुविधासमेत ग्राहकले पाउने बताइएको छ।
हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायतका उपहारहरू प्राप्तगर्न सकिने छ।