भारतसँगको सीमा नाका बन्द भएपछि कस्तो छ वीरगञ्जको अवस्था? हेर्नुस् फोटोमा विरगञ्जको रुप

बिजमाण्डू
२०७४ असोज १ गते ०९:३६ | Sep 17, 2017
भारतसँगको सीमा नाका बन्द भएपछि कस्तो छ वीरगञ्जको अवस्था? हेर्नुस् फोटोमा विरगञ्जको रुप


Tata
GBIME
Nepal Life

वीरगञ्ज। असोज दुई गतेको तेस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै गएराति मध्याह्न १२ बजेदेखि भारतीय सीमा नाका बन्द गरिएको छ। निर्वाचनलाई भयरहित, सुरक्षित पार्न नेपाल– भारत सीमामा उच्च सतकर्ता अपनाउँदै सीमा सिल गरिएको हो।

 
निर्वाचन आयोगको निर्देशनमा दुवै देशको सुरक्षा अधिकारीको सहयोगमा सीमा सिल गरिएको सुरक्षा अधिकारीहरुले बताए।


 
नेपाल– भारत सुरक्षा अधिकारीको बैठकमा ७२ घण्टा पहिले सीमा सिल गर्ने सहमति भए बमोजित सीमा बन्द गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी गराए। पर्सा जिल्लामा १०७ किलोमिटर भारतीय सीमा पर्दछ। सो क्षेत्रका अतिसंवेदनशील ७३, संवेदनशील ७९ मतदान स्थल रहेकाले भारतीय सीमालाई सिल गरी मतदानको लागि सुरक्षा प्रत्याभुति गर्न खोजिएको हो।


 
नेपालकै मुख्य नाका वीरगञ्ज भन्सार भएर रक्सौलबाट इन्धन र एम्बुलेन्सको सावरी साधनलाई मात्रै आउजाउ गर्न दिइएको छ भने भारतबाट मतदान गर्न आउन लागेका मोटरसाइकल, साइकल जस्ता सवारी साधनलाई कडा चेकजाँच गरी आउन दिइएको छ।


 
यदि कुनै मतदाता भारतबाट मतदानको लागि प्रमाण देखाएर आउन चाहन्छन् भने त्यस्ता मतदातालाई सहजै नेपाल प्रवेश गर्न दिइएको सुरक्षाकर्मीहरुले बताएका छन्। पैदल यात्रु, साइकल चालकले सहजै सीमा आरपार गरिरहेका छन्।


 
वीरगञ्जबाट रक्सौल किनमेल गर्न गएका सर्वसाधारणहरु सहजै फर्किरहेका छन्। समस्या मात्र के छ भन्ने वीरगञ्ज भन्सार र रक्सौल भन्सारले आफ्नो कार्यालयमा ब्यारियर लगाएका छन्। यसले गर्दा करिब एक किलोमिटर हिँड्नु परेको छ। सवारी साधन लिएर आउजाउ गर्न चाहने यात्रु अलपत्र परेका छन्।


 
नेपालबाट भारतमा मोटरसाइकल, हलुका तथा भारी सवारीसाधन सबैमा रोक लगाइएको छ भने भारतबाट नेपाल आउने आउने सवारी साधनको प्रवेशमा पनि रोक तथा कडा चेकजाँच गरिँदैछ।