सवा करोड रुपैयाँ लगानीमा थपिँदैछ मनकामना केबलकारम डिब्बा, तीन महिनापछि ३४ वटा डिब्बा चल्ने

बिजमाण्डू
२०७४ भदौ ३१ गते २१:१६ | Sep 16, 2017
सवा करोड रुपैयाँ लगानीमा थपिँदैछ मनकामना केबलकारम डिब्बा, तीन महिनापछि ३४ वटा डिब्बा चल्ने


काठमाडौं।यात्रुको चाप बढेपछि मनकामना केबलकारले तीनवटा गोन्डोला(डिब्बा) थप्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले एक करोड २२ लाख रुपैयाँमा तीन वटा गोन्डोला ल्याउन लागेको हो।कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले यात्रुको चाप बढेपछि तीन वटा गोन्डोला थप्न लागिएको बताउँदै तीन महिनाभित्र गोन्डोला जडान भइसक्ने जानकारी दिए।‘यात्रुको चाप थेग्न नसकेपछि गोन्डोला थप्न लागेका हौं।गोन्डोला ल्याउन एलसी खोलिसकेका छौं’उनले बिजमाण्डूसँग भने।

यो गोन्डोला थपिएपछि मनकामना केबलकारमा ३४ वटा गोन्डोला पुग्नेछ।तीन वटा गोन्डोलाबाट थप दैनिक ८ सय ६४ यात्रु मनकामना केबलकारमा चढ्न सक्नेछन्।अहिले दैनिक ८ हजार यात्रु केबलकारले ओसारपसार गर्न सक्ने क्षमता छ।१८ वर्षअघि संचालनमा आएको यो केबलकारमा अहिलेसम्म १ करोड २७ लाख यात्रु चढिसकेका छन्।

 
२०५५ साल मंसिर ८ गते सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।पाँच सय वर्षभन्दा लामो इतिहास भएको हिन्दुहरुको आस्थाकी देवी मनकामना मन्दिर जाने स्थानमा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले केवलकार निर्माण गरेका थिए । 'मनकामना मन्दिर स्वदेशी र विदेशीको समेत प्रमुख धार्मिक गन्तब्य हो', श्रेष्ठले भने – मनकामना मन्दिरमा भाकल गर्ने व्यक्तिहरु दोहोर्याएर आउने गर्छन्।' यात्रु बढ्न थालेपछि कम्पनीले गोन्डोला थप्नुपर्ने बाध्यात्मक अवस्था आएको हो।‘

श्रेष्ठले केही महिनाभित्रै मनकामना मन्दिरको पुर्ननिर्माण सकिने बताउँदै मनकामनाको पुर्ननिर्माण सकिएपछि यात्रुको चाप समेत बढ्ने बताए।उनले कतिपय भारतीय पर्यटक मनकामना दर्शनकै लागि समेत आउन गरेको बताए।मनकामना केवलकारको दुई तर्फी टिकट नेपालीका लागि सात सय रुपैयाँ छ। पछिल्लो समयमा मनकामनाले केबलकार प्रवर्द्धनका लागि विशेष प्याकेज समेत ल्याउन थालेको छ।झण्डै एक वर्षअघि केबलकार आसपासका होटलसँगको सहकार्यमा विशेष छुट प्याकेज ल्याएको थियो।सोह्रश्राद्धका कारण घटेको मनकामना केबलकारमा अहिले फेरी चाप बढ्न थालेको छ।श्रेष्ठले दशैंमा यात्रुको चाप बढ्ने भएकोले व्यवस्थित बनाउन प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे।