घडीको शौखिनकालागि नेपालमै बन्यो ‘हिमाली समय’, काठको हाते घडीको मूल्य ३५ देखि ४५ सय रुपैयाँ

बिजमाण्डू
२०७४ भदौ ३० गते ११:३९ | Sep 15, 2017

काठमाडौं। हिमाली समय इन्टरप्राइजेजले नेपालमै पहिलो पटक काठले बनेको हिमाली समय ब्राण्डको घडी बिक्री बितरण गरिरहेको छ। हिमाली समय ब्राण्डको घडी एक वर्षदेखि बजारमा वितरण गर्दै आएको कम्पनीका संस्थापक सर्वोत्तम तुलाधरले बताए।

Tata
GBIME
Nepal Life

बिजनेस स्टडिजमा स्नातक गर्दै गरेका २८ वर्षका तुलाधर आफैँले घडीको डिजाइन गरेको जानकारी दिए।  सिर्जना खड्गीसँग मिलेर थालेको घडी ब्यवसाय स्वदेशी उत्पादनलाई बढावा दिनका लागि भएको उनको भनार्इ छ।

'नेपालमा वाचकेस, चेन लगायतका सामाग्रीहरु बनाउँदा एउटै घडीको मूल्य २० हजार पर्न जान्छ त्यसैले निर्माण सामाग्री चीनबाट मगाएर बनाउने गरेका छौं’-उनले भने।

घडीका  मेल, फिमेल र युनिसेक्स गरी तीनवटा मोडल छन् । घडीको खैरो र कालो रङ्गमा पार्इन्छ। युनिसेक्स मोडलको ३५ सय तथा मेल र फिमेल मोडललार्इ ४५ सय पर्ने कम्पनीले जनाएको छ। दशैंको अवसरमा युनिसेक्स मोडलको घडीमा १५%  तथा मेल र फिमेल मोडलमा २०% छुट राखिएको बताइएको छ।

कालो रंगको घडीमा ‘व्ल्याक इवोनी’ रुखको  काठ  तथा खैरो घडीमा ‘रेड महोगनी’ रुखको काट प्रयोग गरिएको छ। घडीको खरिदमा ६ महिनाको वारेन्टी पाइने कम्पनीले जनाएको छ।

असन स्थित हिमाली समय इन्टरप्राइजेज र अस्ट्रेलियामा नेपालीद्वारा सञ्चालित मनकामना ग्रोसरी स्टोरबाट एक वर्षमा कम्पनीले ४ सय वटा घडी बिक्री गरिसकेको तुलाधरले बताए।