सिप्रदी ट्रेडिङले ल्यायो टाटा योद्धा, तरकारी,पोल्ट्री र ग्यासका सामान ढुवानीका लागि उपयोगी

बिजमाण्डू
२०७४ भदौ २९ गते २०:२० | Sep 14, 2017
सिप्रदी ट्रेडिङले ल्यायो टाटा योद्धा, तरकारी,पोल्ट्री र ग्यासका सामान ढुवानीका लागि उपयोगी
काठमाडौं।सिप्रदी ट्रेडिङले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको टाटा योद्धा नेपाली बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो गाडी तरकारी तथा फलफूल,पोल्ट्री,दूध,ग्यास लगायतका सामान ढुवानीका लागि उपयोगी गाडीको विहिबार कम्पनीका अध्यक्ष सिद्धार्थ शम्शेर राणा र टाटा मोर्टसका कमर्सियल भेहिकल इन्टरनेशनलका विजनेश युनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले टाटा योद्धा किन्ने ग्राहकलार्इ संयुक्त रुपमा साँचो हस्तान्तरण गरे।

यो गाडी विभिन्न भेरियन्टहरुमा उपलब्ध छ।गाडीमा ८५ एच.पि. को शक्तिशाली ३.० लि इन्जिन, २५० एन.एम. टर्क रहेको कम्पनीले जनायो।टाटाका भाइस प्रेसिडेन्ट मैत्रले टाटा मोटर्सका उत्पादन नेपालमा सबैभन्दा बढी बिक्री हुने बताउँदै टाटँ योद्धाले समेत उपभोक्ताको मन जित्ने दाबी गरे। उनले टाटा योद्धा ग्राहकहरुको दैनिक प्रयोगका लागि उत्कृष्ट माध्यम साबित हुने बताउँदै यसले ग्राहकहरुले रोजेको जुनसुकै व्यवसायको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले गाडीको ननस्टप पर्फमेन्स, अत्याधुनिक, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेण्टी प्रदान गर्ने बताए।मैत्रका अनुसार अबको ६ महिनामा योद्धा प्ल्याटफर्म अन्तर्गत नयाँ भेरियन्ट थपिनेछ। सिप्रदीका अध्यक्ष राणाले टाटा मोटर्ससँग सिप्रदीको सहकार्य सन् १९८२देखि भएको बताउँदै उत्पादनहरुको विक्री वितरण तथा विक्री पश्चात्का सेवाहरुमा सधैं उत्कृष्ट साथ दिइरहेको बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा योद्धा सबै व्यवसायका लागि उपयुक्त हुने बताउँदै गाडी बिक्रीपछिको सेवालार्इ समेत ध्यानमा राखेको बताए।कम्पनीका सिओओ राजेश गिरीले कर्पोरेट कल्चर राम्रो भएकोले सिप्रदीले व्यवसायिक सफलता पाएको बताए।