जनक शर्मा ग्लोबल आइएमइको कामु सिइओ नियुक्त, इन्ट्री लेभलबाट जागिर थालेर उपल्लो तहमा

बिजमाण्डू
२०७४ भदौ २९ गते १०:०९ | Sep 14, 2017
जनक शर्मा ग्लोबल आइएमइको कामु सिइओ नियुक्त, इन्ट्री लेभलबाट जागिर थालेर उपल्लो तहमा


काठमाडौं। ग्लोबल आइएमइ बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ। अनिल ज्ञवालीले दुई बर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल काम प्रमुख कार्यकारी नियुक्त भएका हुन्।
 
३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए।
 
एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।
 
ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग लण्डनमै चिनजान भएकाले उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी कामु प्रमुख कार्यकारी अधिकृत बनेका हुन्। 
 
ग्लोबल आइएमइको बुधबार बसेको सञ्चालक समितिले ज्ञवालीले दिएको राजिनामा स्वीकृत गरेको छ। हिजोकै बैठकले पौड्याललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।
 
हिजै २० प्रतिशत लाभांस घोषणा गरेको ग्लोबल आइएमइको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुगेको छ। बैंकले दुई अर्ब नाफा गर्दै निक्षेप एक खर्ब नघाएको छ।

Tata
GBIME
Nepal Life