जगदम्बा सिमेन्टको ‘हाम्रो घर’ मोबाइल एप्स सुरु, मोबाइलबाटै निर्माण सम्बन्धी जानकारी पाइने

बिजमाण्डू
२०७४ भदौ २८ गते १८:०६ | Sep 13, 2017

काठमाडौं। जगदम्बा सिमेन्ट उद्योगले निर्माण सम्बन्धी जानकारी दिने  एप्स 'हाम्रो घर' सुरु गरेको छ।
‘हाम्रो घर’ एप्स घर निर्माण सम्बन्धी काम गर्ने इन्जिनियर, कन्ट्र्याक्टर लगायतका सम्पूर्ण उपभोक्ताहरुकालागि उपयोगी रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षमा पिपिसी, ओपिसी तथा पिएससी लगायतका १ करोड २० लाख बोरा सिमेन्ट बिक्री गरेको  कार्यकारी निर्देशक अजय जातीयाले बताए।

‘हाम्रो घर’ एप्समा निर्माण सामाग्री खोज, सिमेन्टको गुणस्तर, भूकम्प प्रतिरोधात्मक जानकारी, जगदम्बा सिमेन्टको प्रोफाइल, रिपोर्टका साथसाथै बिक्रीस्थल, युनिट कन्भर्टर , कम्पास लगायतका  जानकारीमूलक फिचर राखिएको बताइएको छ।

'हाम्रो घर' एप्सले सर्वसाधारणहरुलार्इ निर्माण सम्बन्धी जिज्ञासाको समाधान दिने तथा उचित मूल्य तथा गुणस्तर सामाग्रीको प्रयोग गराउन मद्दत गर्ने कम्पनीका व्यवस्थापन निर्देशक विष्णुप्रसाद न्यौपानेले बताए।

कम्पनीले  अर्को वर्षसम्म 'हाम्रो घर' एप्समा बेसिक, स्ट्याण्डर्ड र लक्जरी घर बनाउन लाग्ने सामाग्री र कुल लागत अनुमान समावेश गरिने जानकारी समेत न्यौपानेले दिए।

निर्माणकालागि उक्त एप्समार्फत देशभरका उपभोक्ताले  सामान खरिद र जानकारीको लागि सिधै सम्पर्क गर्न सक्ने कम्पनीका ब्राण्ड मेनेजर जगन्नाथ दाहालले बताए।

कम्पनीका अनुसार 'हाम्रो घर' मोबाइल एप जुनसुकै एण्ड्रोइड फोनको प्ले स्टोरबाट पनि डाउनलोड गर्न सकिनेछ र छिट्टै एप स्टोरमा पनि उपलब्ध हुँदैछ।