snickers

माछापुच्छ्रे बैंकले १७ वर्ष पूरा गर्यो, सेवामा बिभिन्न छुट र सुविधासहितको महोत्सव संचालन




काठमाडौै। माछापुच्छ्रे बैंकले कारोवार शुरु गरेकोे १७ वर्ष पूरा भएको अवसरमा माछापुच्छ्रे महोत्सव संचालन गरेको छ।



१८औ बर्षमा प्रवेशको उपलक्ष्यमा बैंकले ग्राहकहरुलार्इ बिभिन्न अफरहरु दिएको जनाएको छ। बैंकले ग्राहकहरुलार्इ निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे  मोबाइलमनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा समेत छुट दिएको जनाएको छ।

 महोत्सव अवधिभर बैंकले ग्राहकहरुलाई  बिभिन्न सरप्राइज गिफ्टहरु पनि दिने भएको  छ । भदौ १ गतेदेखि सुरु भएको महोत्सव  असोज मसान्तसम्म जारी रहने बताइएको छ।

पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार सुरु गरेको  बैकले हाल ६२ वटा शाखा कार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटा शाखा रहित सेवा लगायत८१ वटा एटिएमबाट ५ लाख ग्राहकहरुलाई सेवा दिइरहेको  जनाएको छ।  



Share this Story

   

माछापुच्छ्रे बैंकले १७ वर्ष पूरा गर्यो, सेवामा बिभिन्न छुट र सुविधासहितको महोत्सव संचालन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.