हाउजिङ अपार्टमेन्ट किन्दै हुनुहुन्छ? दशैंतिहार अफर दिँदैछन् हाउजिङ कम्पनी, १० लाखसम्म छुट

बिजमाण्डू
२०७४ भदौ २८ गते १३:२६ | Sep 13, 2017
काठमाडौं। दशैँ तिहार नजिकिएसँगै हाउजिङ डेभलपर कम्पनीहरुले हाउजिङ तथा अपार्टमेन्ट खरिदमा बिभिन्न छुट योजनाहरु अघि सारेका छन्।
 
दशैंमा अपार्टमेन्ट तथा हाउजिङको खरिद गर्दा ग्राहकले ५ देखि १० लाख रुपैयाँसम्म छुट पाउनेछन्।
 
खुमलटारमा रहेको डाउनटाउन अपार्टमेन्टले दशैंमा नयाँ अपार्टमेन्ट किन्नेहरुलाई १० लाख रुपैयाँसम्म छुट दिने जनाएको छ।


 
दुई बेडरुमदेखि चार बेडरुमसम्मका अपार्टमेन्ट खरिद गर्दा बढीमा १० लाख रुपैयाँसम्म दशैं तिहार अफर अनुसार छुट पाउने कम्पनीले जनाएको छ।
 
छुट योजना तिहार सम्म लागु हुनेछ। अन्य समयमा भने पूरै रकम तिरेको खण्डमा सिमित रकम मात्र छुट पाउने छन्।
 
५० प्रतिशत डाउन पेमेन्ट गर्दा १२.५ प्रतिशत ब्याजदरमा डाउनटाउनको अपार्टमेन्ट किन्न सकिन्छ। १५ वर्षसम्म किस्ता तिर्न सकिने अपार्टमेन्टहरु ४२ लाख रुपैयाँ (छुट नदिएको मूल्य) देखि किन्न सकिन्छ।
 
७८३ वर्गफिट क्षेत्रफलमा बनेको एक बेडरुम भएको अपार्टमेन्टको मूल्य ४२ लाख रुपैयाँ रहेको छ। ११२१ वर्गफिट क्षेत्रफलमा बनेको दुई बेडरुम अपार्टमेन्टको मूल्य ८३ लाख रुपैयाँ रहेको छ। १३६९ वर्गफिट क्षेत्रफलमा बनेको तीन बेडरुम अपार्टमेन्टको मूल्य ९४ लाख रुपैयाँ छ। यी मूल्यमा बढीमा १० लाख रुपैयाँसम्म छुट दिन सकिने कम्पनीले जनाएको छ।
 
सातदोबाटोमै रहेको क्लासिक टावरले पनि दशैंतिहार अन्तर्गत विभिन्न अफर ल्याएको छ। अपार्टमेन्टको बुकिङमा तिहारसम्म ७ प्रतिशत छुट दिने योजना रहेको छ भने दैनिक रुपमा फरक फरक सामाग्रीहरु उपहार योजना पनि राखिएको छ। दैनिक रुपमा कम्पनीले घरायसी प्रयोजनका सामाग्रीहरु दिने जनाएको छ।


 
क्लासिक टावरमा ७८० वर्गफिट क्षेत्रफलमा बनेको दुई बेडरुम अपार्टमेन्टको मूल्य ६९ लाख रुपैयाँदेखि सुरु हुन्छ। तीन बेडरुम अपार्टमेन्टको मूल्य ८३ लाख रुपैयाँदेखि सुरु गरिएको छ। यी सबै मूल्यमा तिहारसम्म बुकिङ गर्नेहरुलाई ७ प्रतिशत रकम छुट दिने कम्पनीको योजना छ।
 
५० प्रतिशत डाउन पेमेन्ट गर्दा १३ प्रतिशत ब्याजदरमा १५ वर्षसम्म किस्ता तिर्न मिल्नेगरी फाईनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
 
विराट ईन्भेस्टमेन्ट कम्पनीले हाउजिङ खरिदमा ५ लाख रुपैयाँ छुट दिने योजना ल्याएको छ।
 
एक करोड ४३ लाख रुपैयाँदेखि उपलब्ध हाउजिङ यहि भदौ महिना भित्र बुकिङ गर्नेले मात्र पाँच लाख रुपैयाँ छुट पाउने छन्।
 
तीन आना क्षेत्रफलमा बनेको तीन बेडरुमको अढाई तले घरको एक करोड ४३ लाख रुपैयाँ मूल्य रहेको छ। भदौ अन्तिमसम्म बुकिङ गर्नेहरुले उक्त हाउजिङ १ करोड ३८ लाख रुपैयाँमै किन्न पाउनेछन्।


 
बुकिङकालागि ३० प्रतिशत रुपैयाँ बुझाउनुपर्ने कम्पनीको नियम छ। ५० प्रतिशत डाउन पेमेन्ट गरी १३ प्रतिशत ब्याजदरमा १५ वर्षसम्म किस्ता तिर्न मिल्ने गरी समेत हाउजिङ किन्न सकिने कम्पनीले जनाएको छ।
 
२ वर्षअघिको भूकम्पपछि सुस्ताएको अपार्टमेन्टको कारोबार बिस्तारै उठिरहेको छ। डाउनटाउन अपार्टमेन्टकी मार्केटिङ प्रमुख सुष्मा राई पछिल्लो समय अपार्टमेन्टप्रति मानिसहरुको आकर्षण बढेको बताउँछिन्। निर्माणाधिन अपार्टमेन्ट तयार पार्दा पार्दै ५० प्रतिशत बुकिङ भैसकेको र निर्माण सम्पन्न भैसकेपछि पनि निरन्तर रुपमा बुकिङ भएपछि २० प्रतिशत अपार्टमेन्ट युनिटमात्र बाँकी रहेको राईले जानकारी दिइन्।
 
सबैभन्दा धेरै आकर्षण चार बेडरुम भएको अपार्टमेन्टको छ। बन्दै गरेका अपार्टमेन्टमा चार बेडरुमको अपार्टमेन्टको बुकिङ सकिएको सिजि होल्डिङ कम्पनीकी मार्केटिङ प्रमुख शारदा प्रसाईले बताईन्। क्लासिक टावरमा पनि चार बेडरुम अपार्टमेन्टको सबै युनिट बुकिङ भैसकेको छन्। 

Tata
GBIME
Nepal Life