snickers

राष्ट्र बैंकले जारि गर्यो नयाँ डिजाइनको १० रुपैयाँ दरका नोट, नयाँ नोटमा के के छन् फिचरहरु?




काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनसहित १० रुपैयाँ दरका नयाँ नोट निस्कासन गरेको छ। दसैंमा नयाँ नोट साट्नेहरुले नयाँ डिजाइनको १० का नोट पाउने छन्।
 
नोटको अगाडि भागमा बायाँतिर सगरमाथाको चित्र हुने छ भने मध्य भागको पृष्ठभूमिमा गरुण नारायणको चित्र हुने छ। दायाँतिर लालीगुराँसको पानी छापका साथै तल्लो मागमा गभर्नर डा. चिरञ्जिबी नेपालको हस्ताक्षर हुन्छ। साथै तल्लो भागको बायाँ र दायाँतिर संकेत नम्बर हुन्छ र तल्लो भागको वोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा विं. सं. २०७३ लेखिएको हुने छ।
 
नोटको अर्को पट्टी माथिल्लो बीच भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुने छ। मध्य मागमा एउटा कृष्णसारको चित्र र मध्य भागको पृष्ठभूमि फिक्का हरियो रंङ हुने छ। साथै नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको हुन्छ भने नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१७ एडी लेखिएको हुने छ।
 
राष्ट्र बैंकले संकेत नं. ठ/४१०००००१ देखि ढ/१००९९९९९९ सम्मको नोट निस्कासन गरेको हो।


Share this Story

   

राष्ट्र बैंकले जारि गर्यो नयाँ डिजाइनको १० रुपैयाँ दरका नोट, नयाँ नोटमा के के छन् फिचरहरु? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.