मस्रेक बैंक ५० बर्षमा: रेमिटेन्सलार्इ सहजीकरण गर्न राष्ट्र बैंकसँग छलफल, अप्ठ्यारामा सहयोग




काठमाडौं। मस्रेक बैंक ५० बर्ष पुरा भएको छ। ५०औं बर्षगाठ मनाउँद बैंकले नेपालका नियामक र बैंकहरुसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको छ। 
 
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहभागी भएका छन्। साथै प्रवक्ता नारायण पौडेलसहित अधिकांस बाणिज्य बैंकका प्रमुखहरु मस्रेकले छलफल गरेको छ। 
 
कार्यक्रममा मस्रेक बैंकका अन्तर्राष्ट्रिय बैंकिङ समुहका प्रमुख जोन विलियम सुडमान, बैंकको फाइनान्सियल प्रमुख सिमिर मोहन गुप्ता र नेपाल प्रमुख हेमाकुमारी अधिकारी उपस्थित थिए। 
 
मस्रेकले नेपालमा भने अनौपचारीक रुपमा सन् २००४ र नेपाल राष्ट्र बैंकको अनुमती पाएर सन् २०१० देखि अन्तराष्ट्रिय बैंकिङको सहजकर्ताको काम गर्दै आएको छ। कार्यक्रम अगाडि पत्रकार सँग भटेघाट गर्दै मस्रेक बैंकका अन्तर्राष्ट्रिय बैंकिङ समुहका प्रमुख जोनले बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले धेरै सहयोग गरेको बताए। नेपालमा अन्तर्राष्ट्रिय बैंकिङ कारोबार सुखद भएको बताए। 
 
अन्य अन्तर्राष्ट्रिय बैंकिङ समुहले नेपालको बैंकिङ क्षेत्रलार्इ जोखिम देखेर सहजीकरण गर्न डराइरहेको अबस्थामा मस्रेकले भने कन्फिडेन्टका साथ काम गर्न सघाएको हेमकुमारी अधिकारीले बताइन्। 
 
नेपालको रेमिट्यान्सलार्इ अझै सहज बनाउन नेपाल राष्ट्र बैंकसँग कुराकानी भैरहेको बताउँदै उनले आफ्ना अन्तर्राष्ट्रिय रुपमा भएका शाखा कार्यालयमार्फत बैंकिङ कारोबार गर्न सहज गरिने जानकारी दिइन्। 
 
बैंकले बिश्वका १२ देशका ७० वटा शाखा कार्यालयमार्फत आफ्नै बैंक जसरी भुक्तानी गर्न सहयोग गरेको अधिकारीले बताइन्। मस्रेक बैंककी नेपाल प्रतिनिधी हेमकुमारी विगत २० बर्षदेखि अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा काम गर्दै आएकी छिन्। 
 

Share this Story

   

मस्रेक बैंक ५० बर्षमा: रेमिटेन्सलार्इ सहजीकरण गर्न राष्ट्र बैंकसँग छलफल, अप्ठ्यारामा सहयोग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.