snickers

समस्याग्रस्त वित्तीय संस्थालाई राष्ट्र बैंकको तीन निर्देशन, सिसिडी रेसियो र ऋण लगानीमा छुट




काठमाडौं। समस्याग्रस्तबाट मुक्त भएर पनि चुक्ता पूँजी बढाउन नसकेका वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले दुई बर्षको समय दिएको छ। मंगलबार निर्देशन जारि गर्दै गत असार मसान्तसम्म समस्याग्रस्तबाट मुक्त भएकाहरुले २०७६ असार मसान्तसम्म चुक्ता पूँजी ४ गुणाले बढाउन समय दिइएको हो।
 
अहिले जनरल फाइनान्स र अरुण फाइनान्स मस्याग्रस्तबाट मुक्त भइसकेका छन्। अझै ९ संस्था समस्याग्रस्त सुचीमा छन्। 
 
समस्याग्रस्तलाई राष्ट्र बैंकले ऋण लगानी र प्राथमिक पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) मा पनि औचित्यका आधारमा छुट दिने जनाएको छ। साथै प्राथमिकता प्रप्ता तथा विपन्न वर्गमा जाने कर्जामा पनि निश्चित समय छुट दिने राष्ट्र बैंकले जनाएको छ।


Share this Story

   

समस्याग्रस्त वित्तीय संस्थालाई राष्ट्र बैंकको तीन निर्देशन, सिसिडी रेसियो र ऋण लगानीमा छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.