युनाइटेड फाइनान्ससँग भारतको मुत्थुत फाइनान्सको रणनीतिक साझेदारी, २० प्रतिशत सेयर लिने




काठमाडौं। युनाइटेड फाइनान्समा रणनीतिक साझेदारका रुपमा भारतको कोची प्रदेशस्थित मुत्थुत फाइनान्स भित्रिने भएको छ। युनाइटेड र मुत्थुतबीच रणनीतिक साझेदारीका लागि औपचारिक समझदारी भएको छ।
 
दुबै संस्थाबीच समझदारीसँगै युनाइटेड फाइनान्सको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) सुरु भइसकेको छ। मुत्थुत फाइनान्सले डिडिए सुरु गरेको हो।


 
अहिले युनाइटेड फाइनान्सको चुक्ता पूँजी ६७ करोड रुपैयाँ छ। १९ प्रतिशत वोनस सेयरपछि चुक्ता पूँजी ८० करोड नाघ्ने छ। मुत्थुत फाइनान्सले युनाइटेडको २० प्रतिशतभन्दा केही बढि संस्थापक सेयर खरीद गर्ने छ। युनाइटेड फाइनान्सको २१ लाख कित्ता सेयर दिने गरि दुबै संस्थाबीच समझदारी भएको हो।
 
'दुबै संस्थाबीच समझदारी भइसकेकाले नेपालमा रणनीतिक साझेदार भित्र्यानका लागि राष्ट्र बैंकसँग स्वीकृति माग्न आजै हामी जाँदैछौं' युनाइटेडका प्रमुख कार्यकारी अधिकृत सुनन्दवहादुर श्रेष्ठले मंगलबार बिजमाण्डूसँग भने।
 
श्रेष्ठले यहीबीचमा आफ्नो नियामक रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) सँग पनि स्वीकृति लिने छ। युनाइटेडले आफ्नो साधारणसभाबाट रणनीतिक साझेदारीलाई अनुमोदन गराउने छ। 
 
'दुबै पक्षको कागजी काम करिव तीन महिनाभित्र सकिन्न भन्ने हाम्रो अपेक्षा छ' श्रेष्ठले भने, 'योजना अनुसार काम भए तीन महिनापछि मुत्थुतसँगको सहकार्यमा युनाइडेटले नयाँ ढंङ्गबाट काम थाल्ने छ।'
 
साझेदारीसँगै मुत्थुत फाइनान्सबाट युनाइटेडको सञ्चालक समितिमा एक जनाले प्रतिनिधित्व गर्ने छन् भने व्यवस्थापनमा नेपाल पक्षकै कर्मचारी हुने छन्। दुबै पक्षबीच युनाइटेड फाइनान्सको प्रति कित्ता १०० रुपैयाँ नघट्ने गरी साझेदारी हुने छ। डिडिएले प्रिमियम तोकेमा त्यो पैसा हालेर मुत्थुत फाइनान्स नेपाल आउने छ।
 
मुत्थुतले २१ लाख कित्ता सेयर किन्दा चुक्ता पूँजी एक अर्ब नाघ्ने छ भने प्रिमियम मूल्य पाएमा त्यो पैसा जगेडा कोषमा रहने छ। 
 
'मुत्थुत आएसँगै प्राविधिक सबै सहयोग नेपाल भित्रिने छ। उनीहरुको काम गर्ने स्टाइल पनि नेपाल आउने छ' श्रेष्ठले भने। मुत्थुत फाइनान्स भारमा सुन धितो कर्जाका लागि प्रख्यात छ। 


Share this Story

   

युनाइटेड फाइनान्ससँग भारतको मुत्थुत फाइनान्सको रणनीतिक साझेदारी, २० प्रतिशत सेयर लिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.