snickers

३० बर्षे अवधि हटाउन गभर्नरले फ्याँके अर्को 'कार्ड', विदेश भ्रमणमा नलोभिएपछि अर्को समिति गठन




काठमाडौं। नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले ३० बर्षे सेवा अवधि हटाउन ‘खेल खेलेको’ भन्दै कर्मचारी युनियनले आन्दोलन सुरु गरेपछि त्यसलाई निस्तेज पार्न गभर्नर डा. चिरञ्जिबी नेपालले अर्को एउटा समिति गठन गरेका छन्।
 
३० बर्षे सेवा अवधि हटेपछि कस्ता समस्या आउलान् भन्ने म्यान्डेट समितिलाई दिइएको छ। दुई साताभित्र समितिले सुझाव दिइसक्नु पर्छ।
 
'३० बर्षे सेवा अवधि जसरी पनि हटाउनु पर्छ भन्ने निहित उद्देश्य राखेर समिति गठन गरिएको प्रष्ट देखिन्छ' कर्मचारी युनियनका एक पदाधिकारीले भने, 'समितिलाई ३० हटाएपछि कस्तो असर पर्छ र त्यो असर न्यूनीकरण गर्न के गर्नु पर्छ भन्ने म्यान्डेट दिइएकाले सञ्चालक समिति जसरी पनि ३० बर्षे हटाउने निर्णयमा पुगेको पुष्टि हुन्छ।'
 
राष्ट्र बैंकका प्रवक्ता तथा नव गठित समितिका सदस्य नारायण पौडेलले समिति गठन भएको पुष्टी गर्दै दुई वटा म्यान्डेट लिएर समितिले काम गर्ने पुष्टी गरे।
 
उनले ३० बर्षे सेवा अवधि हटाउँदा कर्मचारीहरुको बृत्ति विकासमा के असर गर्छ र त्यो असर न्यूनीकरण गर्ने उपाय के हुनसक्छ भन्ने म्यान्डेटमा समितिले काम गर्ने बताए।
 
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित समितिमा अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ, तीन वटै कर्मचारी युनियनका अध्यक्ष र पौडेल सदस्य छन्। समितिले सोमबारबाटै काम थाल्ने म्यान्डेट पाएको छ।
 
समिति गठन गरेर गभर्नर डा. नेपाल एक सेमिनारमा भाग लिन इजिप्ट गएका छन्। उनका साथमा अर्थ सचिव एवं राष्ट्र बैंक सञ्चालक शान्तराज सुवेदी पनि गएका छन्। सुवेदी पनि ३० बर्षे हटाउने पक्षमा छन्। डेपुटी गभर्नर शिवाकोटी सुरुदेखि ने ३० बर्षे हटाउने पक्षमा थिए। उनले सार्वजनिक रुपमा ३० बर्षे हटाउनु पर्ने बताउँदै आएका छन्।
 
सञ्चालक समितिले ११ सयमध्ये ८०० कर्मचारीलाई पेलेर ३० बर्षे सेवा अवधि हटाउने निर्णय गराउन खोजेको भन्दै कर्मचारीहरुले सोमबारदेखि आन्दोलन थालिसकेका छन्। ३० बर्षे सेवा अवधिको प्रावधान हटाउने खेलमा गभर्नर नेपाल, डेपुटी गभर्नर शिवाकोटी र श्रेषठ तथा अर्थ सचिव शान्तराज सुवेदी छन्। 
 
कर्मचारीले सञ्चालक समितिलाई दवाव दिन गभर्नर कार्यालय घेराउ गर्न थालेपछि गभर्नर नेपालले समिति गठन गरेर आन्दोलनलाई कमजोर पार्न खोजेको कर्मचारीहरुको आरोप छ। 
 
गभर्नर नेपालले विरोधमा रहेका कर्मचारीहरुलाई आफ्नो निवासमै डाकेर फकाउनसमेत खोजेका थिए। उनले अहिलेलाई लोकसेवा आयोग फाइल पठाउन सहयोग गर्न आग्रह गर्दै त्यहाँबाट फाइल आएपछि घर्रामा थन्काएर राख्छु भन्दै कर्मचारीलाई फकाउन खोजेको भेटमा गएका एक कर्मचारीले बताए। गभर्नर नेपाल र डेपुटी गभर्नर शिवाकोटीले विरोध नगरे विदेश भ्रमणमा प्राथमिकतामा  राख्ने प्रलोभनसमेत दिएको एक कर्मचारीले दावी गरे।
 


Share this Story

   

३० बर्षे अवधि हटाउन गभर्नरले फ्याँके अर्को 'कार्ड', विदेश भ्रमणमा नलोभिएपछि अर्को समिति गठन को लागी ५ प्रतिक्रिया(हरु)

jayaram rajbhandari[ Sep 13, 2017 - 08:07 am ]
हिजाे नयाँले पुरानालाइ गालीगजाैल गनेर्, हेप्ने, पेल्ने, ठेग्ने, अाँखा तर्ने गरेकाे थियाे भने अहिले उच्च व्यवस्थापनलाइ कस्ताे अनुशासन हिन कर्मचारीहरू रहेछ वा । नयाँ अनुशासन हिन कर्मचारीहरूले मात्र यसरी संस्थाबारेमा अति विराेध गरी संस्थाकाे भित्री कुराहरू छ्रयाल्लब्याल्ला पार्छ । हिजाे संस्थाकाे जेसुकै कुरा बाहिर अाउँदैन थियाे । संसारमा यस्ताे अस्थीर नियम कतै छैन । संसारमा सरदर अायुकाे अाधारमा अवकास व्यवस्था गरेकाे छ । काेरीयामा ६७ वर्ष छ । ५० वर्ष भनेकाे जवान नै हाे । व्यवस्थापनका सिध्दान्त अनुसार ६० वर्षसम्म काम गर्ने समय नै हाे । याे त कही नभएकाे जात्रा हाँडी गाउँमा भने झै छ । हिजाे अन्दाजी ५ वर्षभित्र यस्ता अस्थीर नियम हटाएकाे थियाे । याे त २० वर्ष भइसक्याे दुख कष्ट दिएकाे । याे एक न एक दिन फाल्नै पर्छ । ढीला किन गर्नु । हिजाे अादरणीय गभर्नर गणेशबहादुर थापाज्यूले १००० भन्दा बढी अस्थायी कर्मचारी फाल्न त्यतिकै दुख दिएकाे थियाे । महिनाैं धर्ना, दबाब, दर, त्रास, धम्की । त्यस्तै अादरणीय गभर्नर दिपेन्देपुरूष ढकालज्यूकाे समयमा ४०० भन्दा बढी अस्थायी कर्मचारी झिक्न खाेज्दा २ महिना घेराउ गरेकाे थियाे । संस्थाकाे हितकरका लागि पहाडै अाएर थिचे जस्ताे दबाब, दर,त्रास, धम्कीलाइ वास्ता नगरी हटाएकाे थियाे । यस्ता डरलाग्दा पिलाे राेगलाइ तुरून्त हटाउनु बेस । सबै निराेगी भइ काम गर्नुपर्छ । अाशा छ अादरणीय गभनर्रज्यूबाट यसलाइ तुरून्त हटाउने छ ।

   हालसम्म ९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Samju[ Sep 12, 2017 - 10:43 pm ]
Aba Gopal Khadka pachi Chiranjibi Nepal ko Palo aya jasto cha

   हालसम्म ७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Sep 12, 2017 - 09:33 pm ]
हिजाे नयाँले पुरानालाइ गालीगजाैल गर्ने, हेप्ने, पेल्ने, ठेग्ने, अाँखा तर्ने गरेकाे थियाे भने अहिले उच्च व्यवस्थापनलाइ कस्ताे अनुशासन हिन कर्मचारीहरू रहेछ वा । नयाँ अनुशासन हिन कर्मचारीहरूले मात्र यसरी संस्थाबारेमा अति विराेध गरी संस्थाकाे भित्री कुराहरू छ्रयाल्लब्याल्ला पार्छ । हिजाे संस्थाकाे जेसुकै कुरा बाहिर अाउँदैन थियाे । संसारमा यस्ताे अस्थीर नियम कतै छैन । संसारमा सरदर अायुकाे अाधारमा अवकास व्यवस्था गरेकाे छ । काेरीयामा ६७ वर्ष छ । ५० वर्ष भनेकाे जवान नै हाे । व्यवस्थापनका सिध्दान्त अनुसार ६० वर्षसम्म काम गर्ने समय नै हाे । याे त कही नभएकाे जात्रा हाँडी गाउँमा भने झै छ । हिजाे अन्दाजी ५ वर्षभित्र यस्ता अस्थीर नियम हटाएकाे थियाे । याे त २० वर्ष भइसक्याे दुख कष्ट दिएकाे । याे एक न एक दिन फाल्नै पर्छ । ढीला किन गर्नु । हिजाे अादरणीय गभर्नर गणेशबहादुर थापाज्यूले १००० भन्दा बढी अस्थायी कर्मचारी फाल्न त्यतिकै दुख दिएकाे थियाे । महिनाैं धर्ना, दबाब, दर, त्रास, धम्की । त्यस्तै अादरणीय गभर्नर दिपेन्देपुरूष ढकालज्यूकाे समयमा ४०० भन्दा बढी अस्थायी कर्मचारी झिक्न खाेज्दा २ महिना घेराउ गरेकाे थियाे । संस्थाकाे हितकरका लागि पहाडै अाएर थिचे जस्ताे दबाब, दर,त्रास, धम्कीलाइ वास्ता नगरी हटाएकाे थियाे । यस्ता डरलाग्दा पिलाे राेगलाइ तुरून्त हटाउनु बेस । सबै निराेगी भइ काम गर्नुपर्छ । अाशा छ अादरणीय गभनर्रज्यूबाट यसलाइ तुरून्त हटाउने छ ।

   हालसम्म ४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mitra bdr Bista[ Sep 12, 2017 - 01:07 pm ]
Nrb and govts Banks has so many chance to built banks acts effectivenes in our country and employees have great place to work in bank but there is lack of piceful managemet so get no dissapointment all my union leader and empolyee but 30 years is bariyar it should remove from policy then new Nepal is one our moto.

   हालसम्म ८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sanosh[ Sep 12, 2017 - 12:28 pm ]
Rastra Bank ko Prestige pani ma lagaune bhayo ahile ko governor le....Only for limited person why NRB is going to this...The answer is there is matter of money...It is sure..

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.