फेसिनो स्कुटरको अपग्रेडेड भर्सन नेपालमा, चार रंगमा उपलब्ध स्कुटरको मुल्य झण्डै दुर्इ लाख

बिजमाण्डू
२०७४ भदौ २६ गते १७:१७ | Sep 11, 2017

काठमाडौं। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले फेसिनो स्कुटरको सुधारिएको भर्सन नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले फेसिनोका ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चारवटा कलरका स्कुटर सार्वजनिक गरेको हो।

कम्पनीले फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गर्नुका साथै बीएस ४ उत्सर्जन मापदण्डअनुसार स्कुटरलार्इ अपडेट गरेको जनाएको छ । ड्युअल टोन एक्सटेरियरले आकर्षक बनाएको फेसिनोमा ११३ सीसीको एयर–कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले भी–बेल्ट अटोमेटिक ट्रान्समिसन गर्छ ।

Tata
GBIME
Nepal Life

बीएस ४ मापदण्डको इन्जिनले ७५०० आरपीएममा ७.१ पीएस बराबरको अधिकतम पावर र ५००० आरपीएममा ८.१ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

नयाँ फेसिनोमा स्टाइलिस मिटर कन्सोल,  आकर्षक हेड ल्याम्प,  ड्युअल टोन कलर स्किम,  आकर्षक ग्राफिक्स,  थ्रि डी लोगो,  क्रोम फिनिसिङ भएको रियर भ्यु मिरर,  २१ लिटरको बुट,  हुक,  लामो सिट,  ग्रयाब बार रहेको पनि कम्पनीले जनाएको छ।  

नयाँ स्कुटरमा किक र इलेक्ट्रिक स्टार्ट दुबै सुविधा उपलब्ध छ । फेसिनो स्कुटरमा टेलिस्कोपिक फोर्क र ड्रम ब्रेक उपलब्ध छ भने यसको वजन पहिलेकै जति एकसय तीन केजी रहेको छ । ह्विल बेसलाई २ मिलिमिटरले बढाएर १३० मिलिमिटर बनाइएको नयाँ फेसिनोको मूल्य एकलाख ९४ हजार नौ सय  तोकिएको कम्पनीले जनाएको छ ।

फेसिनो २ वर्ष अघि नेपालमा लन्च भएको थियो ।