तलको मान्छेले धकाल्नै सकेका छैनन् भने मैले किन छाड्ने, कुमारीका सिइओ भण्डारीको अन्तर्वार्ता

बिजमाण्डू
२०७४ भदौ २६ गते ०९:४५ | Sep 11, 2017
तलको मान्छेले धकाल्नै सकेका छैनन् भने मैले किन छाड्ने, कुमारीका सिइओ भण्डारीको अन्तर्वार्ता
सबै यसमा दोषी छन्। सबै बैंक ओभर रियाक्टिभ भयौं। फोरकास्ट भएन कुनै पनि कुराको। मार्केटलाई प्यानिक गर्नु हुँदैन। ग्रोथ प्रोसेसका क्रममा यस्ता इस्युहरु आइरहन्छन्। लड्दै सिक्दै जाने कुरा हो। म्याचुरिटी प्रोसेसमा जाँदा यस्तो हुन्छ पनि। संस्थाहरु धेरै हुँदा पनि संस्थागत सुशासन राम्रो छ। सानातिना समस्या त आइनै रहन्छन्। 

बैंकहरु धेरै भएर क्वालिटी अफ सर्भिस कहीँ न कहीँ खस्किएकै हो। यसले गर्दा कन्सुडलेसन चाहिन्छ भनेको हो। प्रतिस्पर्धा त हुनै पर्छ तर त्यो हेल्दी हुनुपर्छ। क्वालिटी कम्परमाइज गरेर कम्पिटिसनमा त हामी जानै हुँदैन। संस्थाहरु धेरै भएकाले अस्वस्थ प्रतिस्पर्धा छ। वित्तीय प्रणाली परिपक्व भइसकेको छैन। त्यही भएर जोखिम त अलिक बढि नै हुन्छ नि। तपाईले राम्रोसँग म्यानेज नगरि एग्रेसिभ हुनु भएको छ भने त निश्चय नै जोखिम निम्त्याउँछ नि। 

वित्तीय क्षेत्र परिपक्क नहुँदा समस्या भएको हो। त्यसमा सबै पक्ष पर्छ। हामी चाँडै प्रतिकृया दिन्छौं। हाम्रोमा मिसम्याच ब्यवस्थित छैन। एक बर्षको निक्षेप लिएर १५ बर्षभन्दा वढिको ऋण दिन्छौं। यहाँ पनि समस्या भएको हो। 

तपाई कुनै विभागको प्रमुख हुनु हुन्छ। तपाई त्यो विभागको प्रमुख त्यो बेलासम्म हो, जुन बेलासम्म त्यही विभागको अर्को कर्मचारीले तपाईलाई उछिन्दैन। तलको मान्छेले तपाईलाई धकाल्नै सकेको छैन भने त तपाई आफै निस्किने कुरा त भएन। तपाईले राम्रो काम गरिरहनु भएको छ भन्ने नै हो त्यसबेलासम्म। 

Tata
GBIME
Nepal Life

कुमारी बैंकलाई सफल रुपमा हाँकेर सिद्धार्थ बैंक गएका सुरेन्द्र भण्डारी प्रमुख कार्यकारीका रुपमा फेरि कुमारी बैंकमै फर्किएका छन्। ८ अर्ब पूँजी बृद्धिपछि ब्यापार बढाउने बेलामा पुराना प्रमुख कार्यकारीहरु कार्यकाल बाँकी छँदै यताबाट उता गइरहेका छन्। लामो समय संस्था हाँक्दासमेत सक्षम सक्सेसर तयार पार्न नसक्दा पुरानै अनुहारहरु यताबाट उता सर्ने गरेका छन्। बिजमाण्डूका सुदर्शन सापकोटा र प्रभात भट्टराईले भण्डारीलाई सोधे- सक्सेसरहरु तयार पार्न पुराना सिइओहरु असक्षम भएकै हुन्?
 
८ अर्ब चुक्ता पूँजी पुगेको छ। बिजनेश बढिरहेको छ। यस्तो बेलामा आफ्नो कार्यकाल पुरा नगरी बैंकका प्रमुख कार्यकारीहरु धमाधम अर्को संस्थामा जान थाले। कार्यकाल पुरै नगरि सिइओहरु किन हिँड्न थाले?
खास कारण त केही पनि होइन। मेरै हेर्नु हुन्छ भने ३२ बर्ष बैंकिङ अनुभव पुगिसकेको छ। यसमध्ये १७/१८ बर्षै सिइओ भइसकेँ। एउटै क्षेत्रमा यत्रो बर्ष लागिसकेपछि जीवनमा अरु चुनौतीहरु पनि हुन्छन्। केही गर्ने आफ्नो इच्छा पनि हुन्छ। कुमारी बैंकबाट बारम्बार मलाई अप्रोच गरिरहनु भएको थियो। मैले के सोचेँ भने- बैंकिङ त अब धेरै गर्ने होइन, उहाँहरुले बोलाउनु भएको छ भने आफूले सुरु गरेको एउटा अर्गनाइजेसनमा एकचोटी गएर यसलाई फेरि एउटा नयाँ दिशा र नयाँ सोचबाट अगाडि बढाउन सकिन्छ भनेर यहाँ आएको हो। म अब लिमिटेड पिरियडका लागि मात्रै बैंकिङमा बस्छु भन्ने सोच भएकाले यसमा आएको हो।
 
चार बर्षका लागि कार्यकाल थपिएको थियो। तर तपाईले एक बर्ष मात्र काम गरेर तीन बर्ष बाँकी छँदै सिद्धार्थ बैंक छाड्नु भयो!
अब म जम्मा चार बर्ष मात्र काम गर्छु भन्ने सोच बनाएर यहाँ आएको हुँ। सिद्धार्थ त राम्रो गति र दिशामा अगाडि बढिसकेको छ। सबै कुरा ठिकठाक छ। त्यो चार बर्ष यहाँ दिएँ भने आफूले सुरु गरेको इन्ष्टिच्युसनलाई मैले त्यही उचाइमा पुर्याउन सक्छु कि भनेर आएको हो।
 
यसको मतलव अब तपाई बैंकिङबाटै एक्जिट हुन खोज्नु भएको हो
हो। यो मेरो अन्तिम कार्यकाल हुने छ बैंकिङ क्षेत्रमै। 
 
अर्थात रिटार्यडमेन्ट नै?
हैन अरु कुरा गर्छु नि। यसलाई रिटायर्डमेन्ट नै किन भन्नु र! बैंकिङवाहेक पनि त धेरै कुरा गर्न सकिन्छ नि। १७/१८ बर्ष त सिइओ नै खाइसकेँ भने अब अरु कति खानु? यही सोचले अन्तिममा एउटा नयाँ चुनौती लिउँ र त्यो चुनौतीलाई सफलतापूर्वक पार लगाउँ भन्ने सोचले कुमारी फेरि आएको हुँ।
 

जुन बेला तपाई कुमारी बैंकमा हुनुहुन्थ्योत्यो बेला कुमारी बैंक एकदमै राम्रो थियो। तपाई बाहिरिनु भयो केही समस्या आयो। अहिले फेरि फर्कनु भएको छ। तपाई फर्किएपछि कुमारी बैंक राम्रो हुन्छ है भन्ने धारणा हामी बाहिर सुन्न पाउँछौं। भनेपछि एउटा ब्यक्तिले फरक पर्ने रैछ है?
भनिन्छ नि जनता जति राम्रो हुन्छन् देश पनि त्यति नै राम्रो हुन्छ। अर्गनाइजेसनमा पनि एक जनाले गर्दा राम्रो हुने होइन। सबै जना राम्रो हुँदा मात्रै अग्रनाइजेसन राम्रो हुन्छ। त्यही सोचले नयाँ जनशक्ति ल्याइरहेका छौं। यहीँभित्रका जनशक्ति पनि राम्रै छन्। संरचनात्मक रुपमा बैंक एकदमै राम्रो छ। पोजिसन सबै ठिक छ। ग्रोथमा मात्र अलिकति कमजोर देखिएको हो। बैंकको फाइनान्सियल, संस्थागत सुशासन सबै राम्रो हुँदाहुँदै पनि यसले ग्रोथ मात्र लिन नसकेको हो। बैंक भनेको ग्रोथ मात्रै पनि त होइन। एउटा पाटो मात्र कमजोर हो। संरचनात्मक रुपमा राम्रो भएपछि अब ग्रोथ पनि लिन्छ।
 
अर्थात यो बीचमा बैंकले धेरै अपरच्युनिटी मिस गरेको हो?
पक्का पनि धेरै अपरच्युनिटी मिस भएका हुन्। कहिलेकाँही दिशाविहीन हुन सक्छ अर्गनाइजेसन। आफ्नो राइट साइकलमा हिँड्न नसकेको हुनसक्छ। यो सामान्य कुरा पनि हो। सबै अर्गनाइजेसन एउटै गतिमा अगाडि बढ्छन् भन्ने हुँदैन। फरक फरक इस्युहरु हुनसक्छन्। भिजनका इस्युहरुले पनि समस्या ल्याउन सक्छ। नेपालको सन्दर्भमा हेर्दा केही अवशर भने पक्का पनि मिस भएको हो।
 
प्रमुख कार्यकारी करारमा हुन्छ। कहिले यता हुन्छ कहिले उता हुन्छ। एउटा सिइओ हिँड्ने वित्तिकै पुरै टिम चै दिशाविहीन हुने रहेछ। यसको मतलव सिइओले पनि आफ्नो सक्सेसरहरु तयार पार्न सकेनन् कि?
हुनसक्छ केही कमजोरीहरु भए होलान्। बैंक हाँक्ने दुई वटा पार्टनर हुन्छन्, ब्यवस्थापन र सञ्चालक समिति। त्यसमा केही कमजोरी भएको हुनसक्छन्। त्यसले गर्दा बाँकी टिमले दिशा लिन सक्दैन।
 
हामी बैंकिङ इण्डष्ट्रीकै कुरा गरौं न। तपाईले आफैले पनि तीन बैंक हाँक्नु भयो। अस्ती भर्खर ग्लोबल आइएमइबाट अनिल ज्ञवालीले छाड्नु भयो। चार महिनामा चार सिइओले कार्यकाल पुरा नगर्दै छाडे। सर्सर्ति हेर्दा पुरानै सिइओहरु एक ठाउँबाट अर्को ठाउँ गइरहेका छन्। दोस्रो बरियताकालाई लामो समयसम्म कायम मुकाय नै राखिन्छ। यसको अर्थ सक्सेसरहरु तयार नै भएका रैनछन् भनेर लगाउन मिल्छ?
एक किसिमले तपाईले भन्न सक्नु हुन्छ। तर सक्सेसर तयार भएकै छैनन् भन्न पनि मिल्दैन। मैले भर्खरै छाडेको सिद्धार्थ बैंकमा हेर्नुस्। त्यो बैंक सबै हिसावले बलियो छ। त्यहीभित्रबाट प्रमुख कार्यकारी अधिकृत भए। सबैमा सक्सेसर तयार भएनन् भन्न मिल्दैन। कहीँकहीँ टाइमको ग्यापका कारण पनि तयार भइरहेका हुँदैनन्। क्वालिटीको पनि ग्याप हुन सक्छ। 
 
यसमा मेरो थ्यौरी के भने- तपाई कुनै विभागको प्रमुख हुनु हुन्छ। तपाई त्यो विभागको प्रमुख त्यो बेलासम्म हो, जुन बेलासम्म त्यही विभागको अर्को कर्मचारीले तपाईलाई उछिन्दैन। तलको मान्छेले तपाईलाई धकाल्नै सकेको छैन भने त तपाई आफै निस्किने कुरा त भएन। तपाईले राम्रो काम गरिरहनु भएको छ भन्ने नै हो त्यसबेलासम्म। 
 

यसको अर्थ सिइओपछिका मान्छेहरु जो छन् उनीहरु काममा धकेल्न नसक्ने अवस्था भएकै कारण पुरानाको विकल्प नपाइएको हो?
मेरो केसमा हेर्ने हो भने मैले सिइओका रुपमा सबै काम हेर्न सक्दिन। मेरो काम भनेको सिस्टम बसाउने र कर्मचारीलाई इम्पावरमेन्ट गर्ने हो। सही मान्छेलाई सही ठाउँ दिने हो मैले। यो भनेको प्राविधिक ज्ञानमा पनि उनीहरु अगाडि बढ्नु पर्यो र ब्यवस्थापकीय क्षमतामा पनि अगाडि बढ्नुपर्यो। टिम स्पिरिटमा पनि अगाडि बढ्नु पर्यो। 
 
केही बैंकबाट सिइओहरु धमाधम बाहिरीरहेका छन्। ८ अर्ब पूँजी पुगेको छ। ब्यापार बढाउनु पर्ने चुनौती थपिएको छ। यसैलाई लिएर सञ्चालक समितिले दबाब बनाइरहेको छ। यो कारणले पनि सिइओहरु कार्यकाल पुरा नहुँदै बाहिरिए भन्ने विश्लेषण गर्न  सकिन्छ?
छाड्ने बिषय ब्यक्तिपिच्छे फरक पर्न सक्छ। यसलाई जनरलाइज गर्न मिल्दैन। दुई कार्यकालभन्दा बस्न मिल्दैन भन्ने नीति नै छ। मलाई त यो एकदमै ठिक लागेको छ। दुई कार्यकाल भनेको राम्रो सक्सेसर तयार पार्नका लागि धेरै समय हो।
 
प्रमुख कार्यकारीहरु जोखिमको कुर्सीमा छन् भनेर मान्न त सकिएला नि?
बैंकिङ नै आफैमा रिस्की बिजनेश हो नि। यसलाई नेतृत्व गर्ने ब्यक्ति पनि स्वभाविक हो जोखिम उठाएर बसेको हुन्छ। मलाई लाग्छ जागिरभन्दा प्रफेसन प्यारो हुनु पर्छ। जोखिम त आउँछ जान्छ नि। सिनियरसँग काम गर्दा उसँग मेरो कुरा मिलेन भने त्यहाँ बसिरहन काम छैन। म बाहिरिँदै ठिक हुन्छ। मैले सिनियरलाई मिलाउने, खुसी पार्ने भन्ने तिर लागेँ भने मेरो प्रफेसन नै बिग्रिन्छ नि। 
 
यही कारण बैंकका सिइओको टर्नओभर बढेको?
हुन पनि सक्ला। तर म आफ्नो बारेमा भन्न सक्छु। अरुको बारेमा कसरी थाहा हुन्छ र मलाई? हामीले के हेर्नु पर्छ भने जागिरको भन्दा पनि प्रफेसनको माया गर्नु पर्छ। जागिर त आउँछ जान्छ। 
 

टप लेभलमा प्रेसर बढि भयो भन्ने कुरा!
काम गर्ने नै प्रेसरमा हो नि। प्रेसरमा काम गर्न नसक्ने हो भने सिइओका रुपमा त मजै आउँदैन नि। कुमारी बैंकमा म आएँ। यहाँ पनि केही चुनौती देखेर, गर्नु पर्ने कामको प्रेसर देखेरै आएको हुँ। राम्रो भूमिका खेल्न सक्छु भनेर नै आएको हो।
 
कुमारी छाडेर जानु भयोफेरि आउनु भयो। बीचमा दिशाविहीन भयो कुमारी भन्नु भयो। के कारण रैछ जसले कुमारी बैंकलाई दिशा दिन सकेनबैंकले ग्रोथ पकड्न सकेन?
नीति नियमका कारण पनि अगाडि बढ्न केही अवरोधहरु हुन्छन्। ८/९ बर्षअघि कुमारी बैंकले सिइओ खोज्दा सिइओ पाउने अवस्था थिएन। सिइओको सेवा सुविधाका कारणले पनि। त्यो अवरोधहरु अहिले पनि छन्। त्यसले पनि अलिकति असर गर्यो। सिइओ बिनै धेरै लामो समय बैंक चल्यो। कहिले काँही बोर्ड र म्यानेजमेन्टले एउटा भिजन सोचेको हुन्छ र त्यो भिजन सँधैभरी ठिक हुन्छ भन्ने हुँदैन। त्यसो हुँदा चाहेको गतिमा बैंक हिड्न नसक्ने हुनसक्छ। रणनीतिक असफलता हुनसक्छ। सुरुको बलियो अवस्थालाई निरन्तरता दिन नसकेको कारण यही हुनसक्छ जस्तो मलाई लाग्छ। 
 
भनेपछि बोर्डमा देखिएको अस्थिरता र लामो समय ब्यवस्थापन खाली हुँदा बैंक दिशाबिहीन बन्यो भन्ने नै हो?
अस्थिरता भन्दा पनि बोर्डमा फरक मत भनेको एउटा सर्टेन इस्युमा हुनु पर्छ। त्यस्तो खालको पनि छैन यहाँ। रणनीतिक रुपमा कसरी जानु पर्छ भन्ने कुरामै मतान्तर भएको हो। हामीले के खोजेका हौं भन्ने कुरामा क्लियारिटी नभएकाले समस्या आएको हुनसक्छ।
 
अब चै कस्तो देख्नु हुन्छ कुमारीलाई। किनभने तपाई यहाँ आएपछि बैंकलाई सबैले विश्वाशिलो आँखाले हेरेका छन्?
म चुनौती लिएरै आएको हुँ यहाँ। बैंकिङ कुनै रकेट साइन्स होइन। राम्रो जनशक्ति ज्ञान सहितको, कमिटेट कर्मचारी चाहिन्छ। यसो हुँदा संस्थालाई सहज रुपमा माथि जान्छजस्तो लाग्छ।
 

तपाईले अघि ग्रोथमा नीतिगत कारणले पनि अप्ठेरो परेको हुनुपर्छ भन्नु भयो। अहिले त झनै हप्ता दिन अगाडिको नीति अर्को हप्ता १८० डिग्री फरक भएर आइसकेको हुन्छ। अब त झन् गाह्रो होला नि ग्रोथ पाथमा हिँड्नका लागि?
यसलाई ब्यवस्थित गर्नुपर्छ। कामलाई विवेकशील हिसावले गर्नु पर्छ। राम्रोसँग काम गर्नु पर्छ। सबै जहिले सफल हुँदैनन् नि होइन, जसले विवेक पुर्याएर राम्रो काम गर्छ उ अगाडि बढ्ने हो। 
 
राष्ट्र बैंकको चाँडोचाँडो नीतिगत परिवर्तनले भन्न खोजेको!
हाम्रो वित्तीय प्रणाली अलिकति कच्चा छ। दुई चार महिनाभित्रै ब्याज दर ५/६ प्रतिशतले बढ्नु भनेको अर्थतन्त्रका लागि पक्कै पनि राम्रो कुरा होइन। यसले के देखाउँछ भने हामी एकदमै चाँडो रियाक्ट गर्छौं। यो भनेको कच्चापन नै हो। अलिकति तरलता आयो भने ब्याज दर घटाइहाल्छौं। यही कच्चा कामका कारण नीति नियम कडा हुँदै गएका हुन्। अब सिक्दै अगाडि बढ्ने हो। हामी जति परिपक्क हुँदै जान्छौं त्यति नै नीति नियम पनि खुकुलो हुँदै जान्छ। पहिले परिपक्क हुनु पर्छ।
 
तपाईले औंल्याउनु भएको जुन समस्या छ त्यो बैंकरका कारणले हो किकहीँ न कहीँ हावा दिने काम राष्ट्र बैंक पक्षबाट पनि भएको छ?
मैले अघि नै भने नि, वित्तीय क्षेत्र परिपक्क नहुँदा समस्या भएको हो। त्यसमा सबै पक्ष पर्छ। हामी चाँडै प्रतिकृया दिन्छौं। हाम्रोमा मिसम्याच ब्यवस्थित छैन। एक बर्षको निक्षेप लिएर १५ बर्षभन्दा वढिको ऋण दिन्छौं। यहाँ पनि समस्या भएको हो। 
 
मिसम्याचको कुरा पहिलेदेखि नै आएको हो। तर समाधानतिर त बैंकहरु पनि जान चाहेको देखिएन। लामो अवधिको स्रोत परिचालनमा गए हुन्छ नि हैन र?
मलाई ब्यक्तिगत रुपमा भन्नु हुन्छ भने किन लिने यति लामो भन्ने लाग्छ। निक्षेप कहिलेकाँही कमी हुने हो। अरुबेला त सजिलै पाइरहेको छ नि भन्ने पनि हो। तर यसमा केही प्रोयाक्टिभ भूमिका खेल्न जरुरी छ। सबै पक्ष रणनीतिक हिसावले हिँड्नु पर्छ।
 
यो भनेको के हो?
यस्तो समस्या हटाउनका लागि लामो अवधिको निक्षेप हुन सक्छ। लामो अवधिको बन्डहरु जारी गरेर हुनसक्छ। मुद्रा बजारबाट पैसा उठाउन सकिन्छ। यो बाताबरण बनाउन जरुरी छ। वित्तीय प्रणालीमा परिपक्कता आउनु जरुरी छ। 
 
गल्ती गर्दै जानेदोहोर्याउँदै जाने। सुध्रिन चै कहिले नसुध्रिने भइरहेको छ हैन?
त्यही भएर केन्द्रीय बैंकले पनि कडाइका लागि नयाँ नयाँ नीति नियम ल्याइरहेको छ। यस्तै कुरालाई रोक्न। ग्रोथ प्रोसेसमा यस्तो हुन्छ। एक दिन यसमा परिपक्कता आउँछ। अस्वस्थ खालको वातावरण पनि भयो। मर्जर एक्विजिसनको नीति पनि छ। यसमा करेक्सन हुँदै जाला। 
 
संस्थाहरु धेरै भएर समस्या बारम्बार दोहोरिएको भन्ने हो?
गुड र ब्याड दुबै हुन्छ। राम्रो पक्षलाई हेर्नु हुन्छ भने धेरै संस्था भएर वित्तीय साक्षरता र पहुँचमा बृद्धि भएको छ। प्रतिस्पर्धाले बैंकहरु घरदैलोमै पुग्न वाध्य भएका छन्। नयाँ नयाँ उद्यमीहरु जन्मिरहेका छन्। राम्रो नराम्रो दुबै पक्ष छन्। एक दुई वटामा नराम्रो भयो भन्दैमा सबैलाई त्यही हिसावले हेर्नु पनि हुँदैन। इकोनोमीकै आकार पनि बढेको छ। १० बर्ष अगाडिको र अहिलेको अर्थतन्त्र धेरै रुपमा ठूलो भइसकेको छ। 
 
पूँजी जसरी बढाइयो त्यसलाई चै हकप्रदबाट होइन मर्जरबाट गरेको भए यस्ता समस्या देखिँदैन थिए होलान् नि?
क्वालिटी बढ्थ्यो होला।
 

अब चै राष्ट्र बैंक मर्जरमा जानु पर्छ कि?
मलाई सोध्नु हुन्छ भने त नेपालको अर्थतन्त्र जसरी बढिरहेको छ त्यो हिसावले पनि संस्थाहरु त धेरै नै देखिन्छन् नि। मेरो हिसावमा अझै कन्सुडलसेन हुनु पर्छ। मर्जरमा जानु पर्छ। यति धेरै संस्था अर्थतन्त्रलाई चाहिँदै चाहिँदैन। मर्जरका लागि तोकेर यति उतिमा झार्नु भन्दा पनि मर्जरमा जानका लागि बैंकहरु इन्करेज होउन्। यसले प्रणालीमा राम्रो सन्देश पनि प्रवाह गर्छ। अझ कन्सुडलेसन चै हुनु पर्छ। संस्था चै धेरै नै भएकै हुन्।
 
तपाईले बैंकिङ रकेट साइन्स होइन भन्नु भयो। तर अहिले बैंकहरुको जुन खालको एग्रेसन छ नि यो आवश्यक नै हो कि या यसले अर्को जोखिमतिर लैजाँदैछ?
बैंकहरु धेरै भएर क्वालिटी अफ सर्भिस कहीँ न कहीँ खस्किएकै हो। यसले गर्दा कन्सुडलेसन चाहिन्छ भनेको हो। प्रतिस्पर्धा त हुनै पर्छ तर त्यो हेल्दी हुनुपर्छ। क्वालिटी कम्परमाइज गरेर कम्पिटिसनमा त हामी जानै हुँदैन। संस्थाहरु धेरै भएकाले अस्वस्थ प्रतिस्पर्धा छ। वित्तीय प्रणाली परिपक्व भइसकेको छैन। त्यही भएर जोखिम त अलिक बढि नै हुन्छ नि। तपाईले राम्रोसँग म्यानेज नगरि एग्रेसिभ हुनु भएको छ भने त निश्चय नै जोखिम निम्त्याउँछ नि। एग्रेसिभ त हुनै पर्छ तर म्यानेजेवल हिसावले एग्रेसिभ हुनुपर्छ। एग्रेसनलाई प्रोसेसले म्यानेज गर्नुपर्छ। त्यो गरेको छैन भने त समस्या आउँछ।
 
जोखिम जति हेर्ने राष्ट्र बैंक  छँदै छ नि भन्ने खालको धारणा पनि विकास भएको छ!
जोखिम त बैंकले हेर्नु पर्यो नि। एसेट बिग्रियो भने बैंकले नै समस्या भोग्नु पर्छ। शेयर होल्डरको भ्यालु घट्छ। निक्षेपकर्ता जोखिममा पर्न सक्छन्। 
 
१७/१८ बर्षदेखि सिइओ हुनु हुन्छ। पहिले र अहिलेमा संस्थापक वा सञ्चालकहरुको दबाब चै कस्तो खालको हुने गरेको छ?
दबाब त मलाई न पहिले न अहिले, कहिले पनि आएन। मसँग त्यो अनुभव नै भएन।
 
यसरी भनौं न एक्सपेक्टेसन?
एक्सपेक्टेसन त म्यानेजमेन्टले बोर्डलाई देखाउने हो नि। म त्यहाँ पुग्छु भनेर। मेरो क्यापसिटी यो हो भनेर सिइओले बोर्डलाई देखाउने हो। 
 
सुरुमा भन्नु भयो नि स्थापना कालतिर कुमारी बैंक बलियो थियो। एउटै कुरा हुन सकेन त्यो हो ग्रोथ। अबको बाटो के?
अब हामीसँग पूँजी पनि प्रशस्त छ। अब भनेको बिजनेश बढाउने हो। बैंकको अहिले पनि मेजर बिजनेश भनेको रिक्स एसेट नै हो। अब लगानी बढाउँदै जाने हो। कमाउनेका लागि अरु क्षेत्र सीमित छ। क्वालिटी लेन्डिङ गर्नु पर्छ।
 
अहिले के देखिन्छ भने तपाईले राख्नु भएको टार्गेट अरु कारणले वा अरु बैंकले गर्दा पनि मिट नहुने जस्तो हुन थाल्यो।  आफूले राम्रोसँग गाडी चलाएर मात्र भएन अर्कोले पनि राम्रोसँग चलाइ दिए मात्र दूर्घटना नहुने भयो। तर यहाँ खतरा अर्कोले कसरी गाडी  हाँकिरहेको छ भन्नेसँग भयो?
मैले पनि भन्ने गरेको यही हो। यसपालीको समस्या पनि यसैगरी आएको हो। अर्कोलाई हेरेर आफूले गाडी कुदाउनु पर्ने अवस्था छ। ०.२५ प्रतिशतले ब्याज दर बढाउँदा त सबैतिर हेर्नु पर्छ। यहाँ त सिङ्गो नीति लागू गर्नु पर्ने सवाल छ। आफ्नो क्षमता हेरेर अर्काको गतिसँग तालमेल गरेर हिँड्नु पर्ने अवस्था छ।
 
यसपाली कस्ता खालका बैंकमा म्याचुरिटी देखिएन र समस्या आयोजस्तो लाग्छ?
सबै यसमा दोषी छन्। सबै बैंक ओभर रियाक्टिभ भयौं। फोरकास्ट भएन कुनै पनि कुराको। मार्केटलाई प्यानिक गर्नु हुँदैन। ग्रोथ प्रोसेसका क्रममा यस्ता इस्युहरु आइरहन्छन्। लड्दै सिक्दै जाने कुरा हो। म्याचुरिटी प्रोसेसमा जाँदा यस्तो हुन्छ पनि। संस्थाहरु धेरै हुँदा पनि संस्थागत सुशासन राम्रो छ। सानातिना समस्या त आइनै रहन्छन्। 
 
बेस रेटमै हेरौं। अब पैसा अलिकति बढी हुनेवित्तिकै नियामकको निर्देशनलाई पनि अवज्ञा गरेर जाने अवस्था बन्यो?
निक्षेप बढेको छ। एक बर्षका लागि निक्षेप महँगोमा उठाएको छ। त्यो खर्च घटाउनु पर्ने अवस्था पनि छ। बेस रेटभन्दा तल जाने वा माथि जाने भन्ने कुरा बैंकहरुलाई नै खुला छाडिदिनु पर्छ। कसैसँग डिपोजिट सरप्लस छ र लगानी बढाउन चाहन्छ भने त उसले ऋण दिन पाउनु पर्यो नि। बेस रेटभन्दा माथि लगानी गर्नेभन्दा ब्याजमा प्रतिस्पर्धा पनि हुँदैन। हामीले ओभर रियाक्ट गरेर नै बेस रेटभन्दा तल जानु हुँदैन भनेर नीति आएको हो। अब नीति आइनै सकेको छ भने यसलाई संशोधन गर्नेतिर लाग्नु हुँदैन। 
 
अब यहाँपछि बैंकिङ गर्दिन भन्नु भयो। केही योजना बनाइसक्नुभएको हो?
धेरै कुराहरु छन्। किताबै लेख्न सकिन्छ होला। छन् केही योजनाहरु। ३२ बर्ष बैंकिङ भयो। यहाँ छाड्दा ३६ नाघिसकेको हुन्छ। त्यो बेलाको अवस्था के हुन्छ हेर्नु पर्छ। यही होला भन्न सक्दिन। परिस्थिति कस्तो बन्ला थाहा हुँदैन।