snickers

व्यवसायीले अर्थमन्त्रीसँग भने- नेपालमा ब्रिटानिया बिस्कुटको उद्योग किन चाहियो?




विराटनगर।नेपालमा आत्मनिर्भर भइसकेका उद्योगलाई असर पर्ने गरी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) नभित्र्याउन मोरङका व्यवसायीले माग गरेका छन् ।


अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आइतबार विराटनगरमा स्वागत एंव सम्मान कार्यक्रममा विराटनगरका व्यवसायीले ‘हचुवा निर्णयका आधारमा एफडिआई ल्याउन नहुने बताएका हुन्। संघका अध्यक्ष एंव सांसद् पवनकुमार शारडा लगायतका व्यवसायीले नेपालका उद्योगलाई असर पर्ने गरी एफडिआई ल्याउन नहुने बताए।साबुन, बिस्कुट, चाउचाउ, फलामे डण्डी, तार लगायतका धेरै उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अध्यक्ष शारडाले प्रत्यक्ष वैदेशिक लगानीमा नेपालमा स्थापना हुने उद्योगका कारण स्वदेशी उद्योग संकटमा पर्ने बताए।
 
अध्यक्ष शारडाले भारतको ब्रिटानिया बिस्कुट कम्पनीले नेपालमा लगानी गर्न लागिरहेको प्रसङ्ग उल्लेख गर्दै बिस्कुटमा नेपाल आत्मनिर्भर भइसकेको जिकिर गरे ।संघका  पूर्व अध्यक्ष महेश जाजूले नेपालका लगानीकर्ताले नसक्ने क्षेत्रमा मात्र एफडिआई ल्याउन उचित हुने विचार व्यक्त गरे ।‘पर्यटन, जलस्रोत, खानी लगायतका थुप्रै क्षेत्र छन्’, उद्यमी जाजूले भने, ‘नेपाली लगानीकर्ताले भ्याउन नसकेका यस्ता क्षेत्रमा विदेशी लगानीकर्तालाई आह्वान गरिनुपर्छ ।’
 
नेपालले पनि आफू आत्मनिर्भर भएका उत्पादनको आयातमा एन्टी डम्पिङ ड्युटी लगाउनुपर्ने उनको सुझाव थियो ।भारतले जुटमा आफ्नो मुलुक आत्मनिर्भर भएको तर्क दिँदै नेपालबाट त्यसतर्फ निकासी हुने जुटका सामानमा ४ प्रतिशतले एन्टी डम्पिङ ड्युटी लगाएको जाजूले चर्चा गरे ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय भट्टराईले तराई क्षेत्रमा आएको बाढीले मोरङ र सुनसरीका उद्योगमा ३ अर्बभन्दा बढीको नोक्सानी भएको तथ्याङ्क प्रस्तुत गरे ।अध्यक्ष उपाध्यायले बाढीले क्षतिग्रस्त उद्योग र व्यवसायका लागि बैङ्कको ब्याज तिर्ने समय बढाउन माग गरे ।
 
अरुण तेस्रो अवश्य आउँछ

मन्त्री कार्कीले व्यवसायीले राखेको मुद्दामा केही जवाफ दिएनन्।अर्थमन्त्री कार्कीले व्यवसायीलाई जबाफ दिँदै अरुण तेस्रो अवश्य आउने र यस योजनाले पूर्वाञ्चलको मुहार फेर्ने घोषणा गरे ।
 
यसअघि आफू जलस्रोत मन्त्री अरुण तेस्रोको प्रक्रिया टुङ्ग्याएको मन्त्री कार्कीले जानकारी दिए ।‘म नहुने कुरा गर्दिन, जे गर्न सक्छु त्यही बोल्छु’, मन्त्री कार्कीले भने, ‘हेर्दै जानुहोला १ महिनाभित्रै अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिने समाचार आउँछ ।’विराटनगरनजिक सुनसरीको अमडुवामा निर्माण गर्ने भनिएको विशेष आर्थिक क्षेत्र (सेज)–को जग्गा प्राप्तिका लागि आफू क्रियाशील रहेको जानकारी दिँदै उनले एक महिनाभित्र यसको पनि टुङ्गो लागिसक्ने बताए । 
 


Share this Story

   

व्यवसायीले अर्थमन्त्रीसँग भने- नेपालमा ब्रिटानिया बिस्कुटको उद्योग किन चाहियो? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.