३० बर्षे सेवा अवधि हटाउने खेल खेलेको भन्दै राष्ट्र बैंकका युनियनले गभर्नर कार्यालय घेरे




काठमाडौं। नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले ३० बर्षे सेवा अवधि हटाउन ‘खेल खेलेको’ भन्दै कर्मचारी युनियनले आन्दोलन सुरु गरेका छन्। वित्तीय संस्था कर्मचारी संघको अगुवाइमा कर्मचारीले अहिले गभर्नर कार्यालय घेराउ गरेका हुन्।


 
गभर्नर चिरजींवि नेपाल एवं डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पेलेर यो निर्णय गराउन खोजेको भन्दै कर्मचारीहरुले सोमबारदेखि आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएका छन्। ३० बर्षे सेवा अवधिको प्रावधान हटाउने निर्णयमा नेपाल, शिवाकोटी र अर्थ सचिव शान्तराज सुवेदी हस्ताक्षर गरिसकेको युनियनहरुको आरोप छ।
डेपुटी गभर्नर शिवाकोटीले भने बोर्डमा मौखिक निर्णय भए पनि विवादका कारण यस बिषयमा माइन्युट हुन नसकेको दावी गरे।  ‘केही समयअघि नै बोर्डमा निर्णय भइसके पनि विवादमा परेपछि माइन्युट भएको थिएन,  उनले भने- अहिलेका लागि यो बिषय अब स्थगित हुने चरणमा पुगेको छ।’
 
अर्थ सचिव सुवेदीले पनि अहिलेसम्म आफुले माइन्युटमा निर्णय नगरेको बताए। तर, ३० बर्षे सेवा अवधि हटाउने प्रस्ताव ल्याए आफु हस्ताक्षर गर्न तयार रहेको जानकारी गभर्नर एवं डेपुटी गभर्नरलाई दिएको उनले बताए। ‘क्याडर क्राइसिस’ हुने भन्दै ३० बर्षे सेवा अवधि हटाउने पक्षमा आफु रहेको उनको भनाइ छ। राष्ट्र बैंकको निर्णयले सरकारी बैंक तथा वित्तीय संस्थामा ठूलो आर्थिक भार थपिने छ। सरकारी बैंकको व्यवस्थापनका उच्च अधिकारीहरुले पुराना कर्मचारीको निवृत्तिमा नै संस्थाको भलो हुने बताउँदै आएका छन्। धेरै कर्मचारी रहेको कारण अनावश्यक खर्च बढेको उनीहरुको भनाइ छ।
डेपुटी गभर्नर शिवाकोटी, जनशक्ति व्यवस्थापन विभागका निमित्त कार्यकारी निर्देशक गोपाल भट्ट सहित केही प्रभावशाली कर्मचारी यो प्रावधान हटाउन निरन्तर लविङ गर्दै आएका छन्। तर, ३० बर्षे प्रावधान राख्ने/नराख्ने बारे राष्ट्र बैंक बोर्डमा नै बिवाद रहेको छ। केही सञ्चालक यो प्रावधान हटाउँदा वित्तीय क्षेत्र सुधार कार्यक्रमको मर्म विथोलिने भन्दै कायम राख्ने पक्षमा छन्। 
 
यो प्रावधान हटाउने निर्णयमा हस्ताक्षर गर्न नमान्ने सञ्चालकहरुलाई गभर्नर नेपाल आफैंले शनिबार बिदाको दिनसमेत कार्यलयमा आउन दवाव दिएको कर्मचारी युनियनहरुको आरोप छ। डेपुटी गभर्नर शिवराज श्रेष्ठ विदेश छन् भने अर्का सञ्चालक रामजी रेग्मी चितवन पुगेका छन्। दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनपछि मात्र आफु काठमाडौं आउने उनले बताए।
रेग्मी नेतृत्वको कर्मचारी सेवा विनियमावली परिमार्जन एवं संशोधन सुझाव समितिले ३० बर्षे सेवा अवधि हटाउने सुझाव दिएको एवं बोर्डले समेत निर्णय गरिसकेको हुँदा माइन्युटमा हस्ताक्षर गर्नु पर्ने दवाव गभर्नर, जनशक्ति व्यवस्थापन विभागका उच्च अधिकारी र केही प्रभावशाली कर्मचारीले सञ्चालकहरुलाई दिएको स्रोतले जानकारी दियो। तर, समिति संयोजक रेग्मीले यसबारे बोर्डले केही निर्णय नगरेको दावी गरे। 
 
३० बर्षे सेवा अवधि राख्ने र हटाउने विवादमा राष्ट्र बैंकका कर्मचारीबीच खाडल नै सिर्जना भइसकेको छ। ३० बर्षे सेवा अवधिको कारण २०७५ भित्र ३०० हाराहारी कर्मचारी निवृत्त हुन लागेका हुन्। उनीहरु यो प्रावधान हटाएर आफ्नो जागिर लम्ब्याउन शक्तिकेन्द्र धाइरहेका छन्। उनीहरुले लोकसेवा आयोग लगायत बिभिन्न निकाय पुगेर ३० बर्षे सेवा अवधि हटाउनु पर्छ भन्दै पावर पोइन्ट प्रेजेन्टेसन नै गरेका थिए। 
 
आयोगले संगठित संस्थाका कर्मचारीको सेवा शर्त सम्बन्धि कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त २०७४ जारी गरि कर्मचारी सेवा सुविधामा एक रुपता ल्याउने गरि विनियमावली संशोधन प्रस्ताव ल्याउन सबै संस्थालाई निर्देशन दिएको छ। त्यही अनुरुप संशोधन प्रस्ताव पेश गर्ने क्रममा राष्ट्र बैंकमा ३० बर्षे सेवा अवधि हटाउने विवाद सुरु भएको हो। 
 
राष्ट्र बैंक भित्रको आन्तरिक विवादका कारण आयोगले दिएको समय सीमा भित्र राष्ट्र बैंकले सिफारिस पठाएको थिएन। त्यसपछि आयोगले एक साताको समय थप गरिदिएको छ। सोमबार विदेश जान लागेका गभर्नर नेपालले जसरी पनि आजसम्ममा ३० बर्षे सेवा अवधि हटाउने प्रस्ताव पठाउन लागेको कर्मचारी युनियनको आरोप छ। 
 
सन् २००१ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु हुँदा पुराना कर्मचारीलाई अवकास दिइ नयाँ एवं दक्ष कर्मचारी भर्नाका लागि यो प्रावधान लागु गरिएको थियो। अझै पनि ३० बर्षे सेवा अवधिको औचित्य कायमै रहेको बोर्डका केही सदस्य एवं कर्मचारी युनियनहरुको भनाइ छ। यहि प्रावधानका कारण उच्च तहमा पुगेका कर्मचारी अहिले अरु कर्मचारीको बाटो छेक्ने गरि यो प्रावधान हटाउने खेलमा लागेको उनीहरुको आरोप छ। 

Share this Story

   

३० बर्षे सेवा अवधि हटाउने खेल खेलेको भन्दै राष्ट्र बैंकका युनियनले गभर्नर कार्यालय घेरे को लागी १६ प्रतिक्रिया(हरु)

PBM[ Sep 11, 2017 - 03:13 pm ]
chhada karmachari tantra sabai union rahi kamai ngari khali rajniti ma lagai anek jhamela garne sabai karmachari lai karbahi garnu parchha

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ram[ Sep 11, 2017 - 12:33 pm ]
tala comments garne bhatuwa haru lai k tha korea le kati labor bidesh bata kincha bhanera ani nepal le kati labor bidesh ma bechha bhanera...korea ko example dine...

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mitra bdr Bista[ Sep 11, 2017 - 09:43 am ]
very fast to remove 30 years abstacle policy on govts bank.

   हालसम्म २२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Sep 11, 2017 - 08:35 am ]
हिजाे नयाँले पुरानाेलाइ गालीगजाैल, हप्ने, पेल्ने, ठेल्ने, अाँखा तर्केर हेर्ने गरेकाे थियाे भने, अहिले उच्च व्यवस्थापनलाइ कस्ताे अनुशासन हिन कर्मचारीहरू रहेछ बा ।

   हालसम्म २५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Sep 11, 2017 - 08:28 am ]
संसारमा यस्ताे अस्थीर नियम कतै छैन । संस्थारमा सरदर अायुकाे अाधारमा अवकासकाे व्यवस्था गरेकाे छ । काेरीयामा ७७ वर्ष छ । ५० वर्ष भनेकाे जवान नै हाे । व्यवस्थापनकाे सिध्दान्तअनुसार ६० वर्षसम्म काम गर्ने समय नै हाे । याे त कहीं नभएकाे जात्रा हाँडी गाउंमा भने झै छ ।

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Sep 11, 2017 - 08:13 am ]
अनुशासन हीन कर्मचारीहरूले मात्र यसरी अति विराेध गरी संस्थाकाे कुराहरू छ्रयाल्लब्याल्ल पार्छ । हिजाे एउटा सुइकाे पनि कुरा बाहिर अाउँदैन थियाे ।

   हालसम्म १८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Sep 11, 2017 - 07:53 am ]
हिजाे अन्दाजी ५ वर्षभित्र यस्ता पिलाे झिकेकाे थियाे भने अहिले २० वर्ष भइसक्याे दुख दिएकाे । याे एक न एक दिन फाल्नै पर्छ । ढीला किन गर्नु । हिजाे अादरणीय गभर्नरज्यू गणेशबहादुर थापाज्यूले १००० भन्दा बढी अस्थायी कर्मचारी फाल्न त्यतिकै दुख दिएकाे थियाे । महिनाै धर्ना, दवाब, दर, त्रास धम्की दिएकाे थियाे । त्यस्तै अादरणीय गभर्नर दिपेन्द्रपुरूष ढकालज्यूकाे समयमा ४०० भन्दा बढी अस्थायी कर्मचारी फाल्न खाेज्दा २ महिना घेराउ गरेकाे थियाे । संस्थाकाे हितकरकाे लागि पहाडै अाएर थिचे जस्ताे दवाव, दर, त्रास, धम्कीलाइ वास्ता नगरी हटाएकाे थियाे । यस्ताे डरलाग्दाे राेगलाइ तुरून्त हटाउनु पर्छ । सबै निराेगी भइ काम गर्नु पर्छ । अाशा छ अादरणीय गभर्नरज्यूले यसलाइ तुरून्त हटाउने छ ।

   हालसम्म २२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mitra bdr Bista[ Sep 11, 2017 - 07:01 am ]
I am suporter of avoid the bariar 30 years it is abstacale of omployee because it was not in policy in our country all employees rule and regulation is one.

   हालसम्म १५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


विवेकशिल नागरिक[ Sep 11, 2017 - 12:04 am ]
— १ पटक सम्पादित
बजारमा लाखौं बेरोजगारहरु छन । पछिल्लो २,३ महिनादेखी यीनेरको समाचारले मेडिया पनि राष्टबैंकमय भएको छ । ३० बर्षसेवा गरेपछि कर्मचारीहरु मानसिक रुपमा थकीत हुन्छन र संस्थाको उत्पादकत्व घटाउनेछन । संस्थाले अवकाश हुँदा करोडौं रुपैया दाम र त्यसपछि आर्यघाट लैजाने दिनसम्मको पेन्सन दिईहाल्छ । कति मरिहत्ते गरेको होला । संस्थाको हितमा ईमान्दार भएर काम गर्ने सपथ खाएर आएका टिके गभर्नर, डेपुटी गभर्नर र संचालकहरुको बुद्धिमा धनमाल र भरौटेहरुले बिर्को लगाएपछि यि नालायक हगुवाहरुलाई भन्दा हामी सर्वसाधारणलाई लाज लागीरहेको छ ।हत्तेरी गभर्नर । प्रतिस्पर्धी र क्षमतावान जनशक्ति भर्ना गरेर सशक्त नियामक र गर्विलो केन्द्रिय बैंक बनाउनको लागि अवकाश हुने कर्मचारीहरुको ठाउँमा यो बर्ष १५० र अर्को बर्ष १५० जनभक्ति भर्ना गर गभर्नर ज्यू । अन्यथा यो निर्णयबाट हुने थप वित्तिय व्ययभार यिनै संचालकहरुले व्यहोर्ने गरी विगो बनाएर अन्तरराष्टिय अदालतमा लैजानुपर्छ ।

   हालसम्म ३६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sushil[ Sep 10, 2017 - 07:33 pm ]
NRB People we have no option to remove the existing governor. So start revolution to remove him.

   हालसम्म ४३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


समता[ Sep 10, 2017 - 06:29 pm ]
नेपाल राष्ट्र बैंकका गभर्नर ,वरिष्ठ डेपुटि गभर्नर र अर्थ सचिवले ठुलै अार्थिक चलखेल गरेर केही चाकरिबाजहरूकाे निहित स्वार्थकाेलागि ३० बर्से सेवा अवधि हटाउन खोज्नु बिडम्बना हाे।देश सघियतामा जादै गर्दा नयाँ नयाँ कर्मचारी भर्ना गर्नु पर्नेमा
आर्थिक चल्खेलकाे भरमा गलत निर्णय गर्नु
राष्ट्रको लागि गम्भीर भुल हुने छ ।बेलैमा सचेत भया।

   हालसम्म ४७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


manav[ Sep 10, 2017 - 04:28 pm ]
NRB, a poltical arena under new management has disrupted financial stability program initiated by its immediate predecessor.
In what moral ground, they will supervise and regulate BFI's. Lead by example, till now it has been one of the most prestigious institution of country.

   हालसम्म २३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Hari[ Sep 10, 2017 - 03:51 pm ]
देशमा गर्व गर्न लायक एउटा संस्था छ नेपाल राष्ट्र बैंक, जसलाई पनि गभर्नर डा नेपालले तहसनहस नै पारेर छाड्ने भए।भावी पुस्ताले तिमीहरूलाई सराप्ने छ।आफ्नै सन्तानको हत्या गरेर हासिहासी मलामी जान तयार सधै कुर्सीमै झुन्डिने ती राष्ट्र बैंकका कर्मचारीहरुलाई धिक्कार छ।

   हालसम्म ४५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Shahi[ Sep 10, 2017 - 03:48 pm ]
Shameful news for NRB Management. It is proved there is no Intellectual in NRB.

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


S.Paudel[ Sep 10, 2017 - 03:41 pm ]
paisa ko khel bhaya pachi kei lagdaina...dhan dekhepachi mahadeb ko tin netra bhaneko yahi ho...

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Rajan[ Sep 10, 2017 - 03:35 pm ]
Need to dismiss all employee who participate in such a rubbish activities.

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.