snickers

सेञ्चुरीको सिइओ छाडेर तिमिल्सिना कुमारीको 'सेकेन्ड म्यान', संचालकको विवाद थेग्न नसकेर बाहिरिए




काठमाडौं। संचालकबीच विवाद चुलिएपछि सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका अनुजमणि तिमिल्सिना कुमारी बैंक जाने भएका छन्। उनी नायव प्रमुख कार्यकारीका रुपमा कुमारी बैंक जान लागेका हुन्।
 
'सेञ्चुरी बैंकमा राजिनामाको प्रकृया सकिएपछि तिमिल्सिना त्याहाँबाट बाहिरिने छन्' स्रोतले भन्यो, 'केही कागजी कामहरु बाँकी छन्।'
 
सबैभन्दा कान्छो बाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरीमा संचालकबीचको विवाद चरमोत्कर्षमा पुगेको छ। बैंक संचालनमा आउने वित्तिकैदेखि नै सञ्चालकबीच मनमुटाव सुरु भएको थियो। केही समयपछि मथ्थर भएको विवाद फेरि चर्किएको थियो। बैंकमा संचालक समितिमा दुर्इ खेमा छन्, सोही कारण कुनैपनि काम अघि बढ्न सकेको थिएन।
 
तिमिल्सिनालार्इ निरन्तरता दिने/नदिने विषयमा नै अहिले सञ्चालकहरु विभाजित थिए। स्रोतका अनुसार तिमिल्सिनाको पक्षमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, लक्ष्मणकुमार श्रेष्ठ र अभिषेक बजाचार्य थिए भने विपक्षमा उमाकुमारी श्रेष्ठ, महेशकुमार अग्रवाल, सुनिलकुमार न्यौपाने र राजेशराज दली थिए।
 
विवादकै कारण बैंकका सहायक महाप्रवन्धक मनिष तिमिल्सिनाले अनुजभन्दा अगाडि नै राजीनामा दिएका थिए। स्रोतका अनुसार डेपुटी प्रमुख कार्यकारी अधिकृत जीवन भट्टरार्इ र तिमिल्सिनाबीच पनि विवाद थियो। सबैतिरको बिवादकै कारण तिमिल्सिनाले ल्याएका व्यवसायिक प्रस्ताव बोर्डबाट स्वीरकृत हुन सकेका थिएनन्।
 
‘तिमिल्सिनाले कुनै ठूलो व्यवसाय ल्याउँदा संचालक लगायत व्यवस्थापन समूहबाटै असहयोग हुन्थ्यो, स्रोतले भन्यो- बैंकको कुनैपनि काम अघि बढाउन कठिन भएपछि राजीनामा दिनुको विकल्प थिएन।’ तिमिल्सिनाले राजीनामा दिएपछि नयाँ सिइओको समेत खोजी भइरहेको छ। 


Share this Story

   

सेञ्चुरीको सिइओ छाडेर तिमिल्सिना कुमारीको 'सेकेन्ड म्यान', संचालकको विवाद थेग्न नसकेर बाहिरिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.