भोलीदेखि भृकुटीमण्डपमा यामाहाको महामेला, ‘बेस्ट भ्यालुएसन’सहित ‘स्पट फाइनान्सिङ’को सुविधा

बिजमाण्डू
२०७४ भदौ २१ गते १७:३६ | Sep 6, 2017
भोलीदेखि भृकुटीमण्डपमा यामाहाको महामेला, ‘बेस्ट भ्यालुएसन’सहित ‘स्पट फाइनान्सिङ’को सुविधा
काठमाडौं।यामाहाले विहिबारदेखि चार दिने यामाहा महामेला गर्ने भएको छ।यामाहाको नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डपमा यो मेला गर्न लागेको हो।
‘मेलामा पुराना बाइकको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस् तथा इन्जिन आयलमा विशेष छुट दिइनेछ,कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।कम्पनीका अनुसार ग्राहकहरुले आफ्नो पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउनेछन् । मेलामा २० वटा रिकन्डिसन हाउसको सहभागिता हुनेछ।

Tata
GBIME
Nepal Life

पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था कम्पनीले गरेको जनाएको छ। मेलाका सहभागीले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर भएपनि १० प्वाइन्ट फ्रि चेकअपको सुविधा पाउने र  स्पेयर्स पार्टस् तथा यामाहा ल्युबमा १० प्रतिशत छुट पाउने कम्पनीले जनायो।
 

कम्पनीका अनुसार मेलामा यामाहा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले दसैं योजनाको सात हजार नगद छुटका साथै एउटा ब्रान्डेड हेलमेट र विशेष किट पाउनेछन्। यामाहा दसैं योजनाअन्तर्गत ग्राहकले सात हजार नगद छुट, साप्ताहिक लक्की ड्रमा एक लाख रुपैयाँ र बम्पर पुरस्कारमा स्कोडा ¥यापिड जित्ने योजना कम्पनीले ल्याएको छ।