महिन्द्रा प्यासेन्जर भेहिकल बिक्रीमा ‘एग्रेसिभ’, ‘माउथ पब्लिसिटी’बाट आक्रामक बजार विस्तारमा

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ भदौ २१ गते १५:२७ | Sep 6, 2017
महिन्द्रा प्यासेन्जर भेहिकल बिक्रीमा ‘एग्रेसिभ’, ‘माउथ पब्लिसिटी’बाट आक्रामक बजार विस्तारमा
काठमाडौ।२५ वर्षदेखि महिन्द्राको प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड आक्रामक बजार विस्तारमा जुटेको छ।

'माउथ पब्लिसिटी'बाट बजारमा स्थापित भएको महिन्द्रा गाडीलार्इ अर्को 'लेभल'मा पुर्याउन कम्पनीले आक्रामक बजार रणनीति लिएको हो।'हामी माउथ पब्लिसिटीबाट स्थापित भएको कम्पनी हो।तर अब यसलार्इ 'नेक्स्ट लेभल'मा पुर्याउन केही रणनीतिक योजना ल्याइरहेका छौं'कम्पनीका बजार व्यवस्थापक सिजन न्यौपानेले बिजमाण्डूसँग भने,हामीले त्यही रणनीति अनुसार 'फेष्टिभ अफर' ल्याएका हौं।'कम्पनीले गाडी बिक्रीका लागि फेष्टिभ लगायतका विभिन्न समयमा अफरहरु ल्याउने गरेको थिएन।

Tata
GBIME
Nepal Life

तर यो वर्षको दशैंतिहारमा भने कम्पनीले फेष्टिभ अफर ल्याएको छ।एसयुभी सेग्मेन्टमा नेपालमा सबैभन्दा बढी महिन्द्राको गाडी बिक्री हुन्छ।सरकारी कार्यालय,विभिन्न आयोजनादेखि कर्पोरेटको रोजार्इमा महिन्द्राका विभिन्न गाडी पर्छ।उनले नेपालमा महिन्द्रा 'रिनाउन्ड ब्राण्ड' बनिसकेको बताउँदै बजार विस्तारका लागि पहिलो पटक फेष्टिभ अफर ल्याएको बताए।
 

 'महिन्द्रा रिनाउन्ड ब्राण्ड बनिसकेको छ।यो ब्राण्डको 'रिसेल भ्यालु' पनि एकदमै राम्रो छ'न्यौपानेले भने,यो ब्राण्ड स्ट्रेन्थसँगै बजार हिस्सा बढाउँदै लैजान हामीले अफर ल्याएका हौं।'कम्पनीले दशैंतिहार योजना अनुसार महिन्द्राको  गाडी खरीद गर्ने ग्राहकले एक तोला सुन, महिन्द्राको गस्टो स्कुटर, महिन्द्रा इट्वेन्टी, महिन्द्रा एसयुभी लगायतका उपहार पाउनेछन्।


'महिन्द्रा केयुभी-१०० र टियुभी-३०० गाडी खरीद गर्दा सुरुमै एक तोला सुन पाउँछन् भने पिक-अप खरीद गर्दा आधा तोला सुन ग्राहकले पाउँछन्' न्यौपानेले भने।कम्पनीका अनुसार यो योजना अवधिमा महिन्द्राको २४ वटा गस्टो स्कुटर दिइनेछ।गाडी किन्दा स्क्र्याच कुपन पाउने र लक्की ड्रमार्फत स्कुटर पाउने उनले बताए।

गाडी किन्ने मध्ये एक जनाले १५ दिनको अवधिमा पाँच लाख ८० हजार रुपैयाँ पर्ने मोजो बाइक समेत पाउने उनले बताए।न्यौपानेका अनुसार हरेक २६ लाख ५० हजार रुपैयाँ पर्ने इटुओ कार पाउनेछन्।कम्पनीले वम्पर उपहार ५२ लाख ५० हजार रुपैयाँ पर्ने महिन्द्राको एक्सयुभी- ५०० दिनेछ।कम्पनीले यो योजना भदौंबाट सुरु भएर छठसम्म लागु हुने जनाएको छ।