हिम इलेक्ट्रोनिक्स र ग्रीन प्लानेटबीच सहकार्य, विजुली नपुगेको ठाउँमा सोलार ल्याम्प पुर्याउने




काठमाडौं।हिम इलेक्ट्रोनिक्स र ग्रीन प्लानेटबीच सौर्य प्रणाली बिक्रीका लागि सम्झौंता भएको छ।ग्रीन प्लानेट पचास भन्दा बढी देशमा विद्युत नपुगेका बजारमा सौर्य प्रणालीको सन किङ लालटिन बिक्री गर्दै आएको छ।


यो सम्झौंतापछि हिम इलेक्ट्रोनिक्सको विश्वसनिय नामका साथमा, बितरण च्यानल र सर्भिस सेन्टरसहित नेपालका १ करोड ६५ लाख विद्युत नपुगेका जनसंख्यासम्म सौर्य प्रणाली पुर्याउने लक्ष्य लिइएको छ।यो सहकार्यद्धारा नेपालको केन्द्रिय, पूर्वी र पश्चिम क्षेत्रमा ६५०० भन्दा बढि उत्पादनहरु बिक्री गरिसकेको सफल अनुभव रहेको कम्पनीले जनायो।

ग्रामीण जनसंख्याका किसानहरु, आमाहरुले संचालन गरेका पसल तथा साना पसलहरु, मोबाइल पसलहरु, कुखुरा पालन केन्द्र, तरकारी तथा फलफुल बिक्रेतालार्इ सहजताको प्रयास गर्ने कम्पनीले जनाएको छ। विकट ठाउँ जहाँ विजुली नभएको स्थानमा मोबाइल चार्ज गर्नका लागि मात्र करिब ५ देखि १० किलोमिटर हिड्नुपर्ने र  १० रुपैयाँदेखि २० रुपैयाँसम्म तिर्नुपरिरहेको अवस्थालार्इ कम्पनीले ध्यान दिने बताइएको छ।
 
ग्रीनलाइन प्लानेटका ग्लोबल पार्टनरसिप म्यानेजर सनौल्लाह फाथीले सन किङ्ग उत्पादनमार्फत विजुलीको समस्या समाधान गर्ने बताए।कम्पनीको किङ प्रो सोलार ल्याम्पले विजुलीसँगै मोबाइल चार्ज समेत गर्न सकिन्छ।दुर्इ वर्ष वारेन्टी भएको यो ल्याम्प ४५ घण्टासम्म चलाउन सकिन्छ।आगामी महिनाहरुमा यो सहकार्य विद्युत नपुगेका पूर्वी र पश्चिम नेपालका हिमाली क्षेत्रमा विस्तार गरिने कम्पनीले जनायो। ग्रीनलाइन प्लानेटले आर्क फाइनान्स, सेन्टर फर माइक्रोफाइनान्स नेपाल, यूएनसिडीएफ र साना किसान बैंक जस्ता किसान सहकारीको सहकार्यमा उर्जा पुर्याउने कम्पनीले जनायो। 
 
ग्रीनलाइट प्लानेटले विश्वभर विद्युत नपुगेका घरधुरीहरुमा ७० लाख भन्दा बढि सन किङ्ग सौर्य गृह उर्जा उत्पादनहरु बिक्री गरिसकेको छ । ग्रीनलाइन प्लानेट आफ्ना विशेष व्यवसायीक मोडलमार्फत अति बृहत लघु उद्यमहरुसहित दूर्गम, विद्युत सेवा नपुगेका ग्राहकसम्म पुग्ने गर्दछ । 
 
 
 
 

Share this Story

   

हिम इलेक्ट्रोनिक्स र ग्रीन प्लानेटबीच सहकार्य, विजुली नपुगेको ठाउँमा सोलार ल्याम्प पुर्याउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.