snickers

दुई बर्ष बाँकी छँदै अनिल ज्ञवालीले ग्लोबल आइएमइ छाडे, अनुजराजको पनि सेञ्चुरीलाई 'बाइबाइ'




काठमाडौं। दुई बर्षअघि ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका अनिल ज्ञवाली कार्यकाल पुरा हुन दुई बर्ष बाँकी छँदै बाहिरिएका छन्। उनी २०७२ जेठमा ग्लोबल आइएमइ दोस्रो पटक छिरेका थिए।


 
नबिल बैंकका चार बर्षे कार्यकाल पुरा गरेलगत्तै उनी ग्लोबल आइएमइ गएका थिए। नबिलअघि पनि ज्ञवाली ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत थिए। उनले त्यस बेला पनि चार बर्षे कार्यकाल सकिनु एक बर्ष बाँकी छँदै ग्लोबल आइएमइ छाडेका थिए। 
 
आधा दर्जन संस्थालाई मर्ज गरेर अग्रणी बैंकमा रहेको ग्लोबल आइएमइको पुँजी ८ अर्ब नाघिसकेको छ। 
 
तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३२ बर्ष अगाडि बैंकिङ करियर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए। उनी बैंकमा आवद्ध हुँदा अरब बैंकले सञ्चालन अनुमति समेत पाएको थिएन। अमेरिकाबाट पढेर फर्किएको केही समयभित्रै उनी बैंकमा गएका थिए।
 
१९८४ बाट १९९६ सम्म नबिल बैंकमा रहेका उनले त्यसपछि अमेरिकास्थित सिटी बैंकको नेपाल शाखा प्रमुख भएर काम गरे। नबिल छाड्दा उनी त्यहाँ सहायक महाप्रबन्धक थिए। सिटी बैंकले नेपाल कार्यालय बन्द गरेपछि उनी सिटीको दिल्लीस्थित कार्यालयमा गएका थिए। सिटी बैंकमा उनले १२ बर्ष काम गरेका थिए। सिटी छाडेर ग्लोबल बैंक आएका उनी चार बर्षे कार्यकाल पुरा हुन बर्ष दिन बाँकी छँदै नबिल बैंक गएका थिए।
 
नबिलमा पुरै कार्यकाल सकेर उनी ग्लोबल छिरेपनि दुई बर्ष बाँकी छँदै बाहिरिएका हुन्। ज्ञवालीले राजिनामा बुझाएर बिदामा बसेका छन्। 

केहि दिन अघि सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजराज तिमिल्सिनाले पनि राजिनामा गरेका थिए।

सञ्चालक समितिको किचलोका कारण उनले बैंक छाडेको स्रोतको दावी छ।

सेञ्चुरीमा अहिलेसम्म नयाँ सिइओ नियुक्त भएको छैन।
 


Share this Story

   

दुई बर्ष बाँकी छँदै अनिल ज्ञवालीले ग्लोबल आइएमइ छाडे, अनुजराजको पनि सेञ्चुरीलाई 'बाइबाइ' को लागी १ प्रतिक्रिया(हरु)

Haribahadur[ Sep 06, 2017 - 07:08 am ]
साहूजीको हस्तक्षेप सहन नसकेर हो। कुरो बुझिलीनुस।

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.