कमोडिटी बजारबाट नेपाल स्टक एक्सचेन्जको फ्युचरस इन्डेक्स आउनुपर्छ, जितेस सुरेन्द्रनको विचार

बिजमाण्डू
२०७४ भदौ २० गते १०:५७ | Sep 5, 2017
कमोडिटी बजारबाट नेपाल स्टक एक्सचेन्जको फ्युचरस इन्डेक्स आउनुपर्छ, जितेस सुरेन्द्रनको विचार


काठमाडौं। नेपालमा कमोडिटी मार्केट सुरु भएको १० बर्ष भैसकेको छ। एक दशकमा बल्ल विधेयक आएको छ। नेपालमा कमोडिटी बजारको पहिलाको भन्दा धेरै विस्तार भैसकेको छ। हामीले सन् २००७ मा सुरुवात गर्दा जम्मा ११ बस्तुको किनबेच हुन्थ्यो। आज १८ बस्तुको कारोबार हुन्छ। साथै अहिले ४० वटा कन्ट्रयाक्ट भैसकेको छ साथै बजारको म्याचुरिटी पनि बढेर गैरहेको छ। म्याचुरिटी भन्नाले बजारको ज्ञान विस्तारै बढेको छ। कमोडिटी बजारको ज्ञान सबै भन्दा ठूलो कुरा हो ज्ञान भएपछि मात्र बजारमा कारोबार सुरु हुन्छ। 
 
नेपालको कमोडिटी बजारमा अन्तराष्ट्रिय तथा स्वदेशी दुवै बस्तु हुनु पर्छ। स्वेदशकै बजारले मात्रै बजार संचालन हुन सक्दैन। हामीले बिदेशी तथा स्वदेशी बजारको रिफ्रेन्स लिएर नै काम गर्नुपर्छ। लोकल सप्लाइ तथा डिमान्डले पनि नेपालमा बजार सिर्जना गर्छ। 
 
हामीले सन् २०१३ मा नयाँ सफ्टवेर तथा बिजनेस मोडल ल्याएका थियौं। हामीले केन्द्रीय काउन्टरबाट र क्लाइन्टकालागि मल्टिपल काउन्टर पार्टी तयार पारेका छौं जसले मार्केटको कन्फिडेन्ट बढेको छ। यसले बजारमा पारदर्शिता बढ्नुका साथै बजार धेरै थपिएको छ। सन् २०१३ देखि क्रमश: कारोबार पनि बढ्दै आएको छ। 
 
सन् २०१० मा हेर्ने हो भने कमोडिटी बजारको कारोबार माथि थियो। नियम कानुन नआउँदा कारोबार घट्न पुग्यो। सन् २०१३ मा कानुन आउँछ भन्ने कुरा आउँदै गर्दा कारोबार पनि क्रमश: बढिरहेको छ। 
 
म अहिले कमोडिटी बजारको साउथ एसिया फेडेरेसन अफ एक्स्चेन्जको भाइस चेयरम्यान  छु। यसमा नेपाल स्टक पनि सदस्य रहेको छ।मर्कन्टाइल एक्सचेन्ज नेपालको एमओयु सिकागो मर्कन्टाइल एक्सचेन्जसँग भएको छ। सिकागो मर्कन्टाइल एक्सचेन्ज सबैभन्दा पुरनो र ठुलो कमोडिटी एक्सचेन्ज हो।
 
हामीले विश्वमा भएका राम्रा अभ्यास अनुसरण गरेका छौं। हामी वर्ल्ड फेडेरेसन एक्सचेन्जको पनि सदस्यको लागि प्रकृयामा रहेका छौं नियम तथा नियमनकारी निकाय नहुदाँ हामीलार्इ समस्या परेको थियो । नियम तथा नियमन गर्ने निकाय आएसँगै यसको पनि सदस्य हुने छौं।
 
नियम तथा निर्देशनको निर्माणका लागि धितोपत्र बोर्डले हामीसँग पनि नियमित सल्लाह लिने गरेको छ आशा गरौं राम्रो निर्देशन तथा नियम आउने छ। 
 
नेपालको कृषि तथा अन्य वस्तुको कारोबार हुन बस्तुको (क्वालिटी एण्ड ग्रेडिङ एजेन्सी) गुणस्तर कायम गर्न सक्ने गोदाम घरको व्यबस्था हुनु पर्छ। यसको लागि पनि राम्रो नियमनको व्यवस्था जरुरी रहेको छ। 
 
कमोडिटी बजार दुर्इ किसिमले कारोबार हुन्छ। एक किसिमको बस्तुको भौतिक  कारोबार हुने र अर्को नहुने। नेपालमा सबैअन्तराष्ट्रिय बस्तुको डेलिभरी भाईरहेकोछैन, नभै नहुने पनिछैनतर स्वदेशीको भने डेलिभरीमा कारोबार हुनुआवश्यक छ। जसरी नेपालमा तामा को कारोबार हुने गरेको छ यो भनेको मात्र क्यास सेटल प्रोडक्ट हो। स्वदेशी बस्तु डेलिभरीकालागि छुट्टै कन्ट्रयाक्ट हुन्छ। तर हामीसँग गुणस्तरयुक्त गोदाम घरको कमी छ।

Tata
GBIME
Nepal Life

हामीले नेपालमा पहिले सिल्भरको डेलिभरी गर्ने व्यवस्था मिलाएका थियौं त्यसपछि सुनको पनि सुरु गरेका थियौं। यसकालागि चाँदीमा २०किलो र१ किलोदानमा अनी १ किलोबारमा तथा सुनको १० ग्राम बराबरको सिक्का बनाइ कारोबार भाईरहेकोछ  । पछि गएर बैंकबाट डेलिभरी रोकियो। जसकाकारण २०किलोदानमा र १ किलोबारको कारोबार रोकीयो । बाँकी चलिरहेको छ ।
 

कमोडिटी बजारको लागि तालिम तथा जनचेतनाको कार्यक्रम आवश्यक पर्छ। त्यसैले हामीले हरेक शुक्रबार तालिम दिने व्यवस्था मिलाएका छौं। हामीले एक हप्ताको प्रोफेसनल ट्रेनिङ कोर्स बनाएर मेक्स कमोडिटी प्रोफेसनल ट्रेनिङ पनि दिँदै आएका छौं। 
 
हामीले देशभरका व्यवस्थापन संकायका क्याम्पसहरुमा  'स्ट्रयाटेजिक पार्टिसिपेसन इन कमोडिटिज एजुकेसन'को तालिम दिने गरेका छौं। 

हामीले सन् २०१३ मा नयाँ सफ्टवेर तथा बिजनेस मोडल ल्याएका थियौं। हामीले केन्द्रीय काउन्टरबाट र क्लाइन्टकालागि मल्टिपल काउन्टर पार्टी तयार पारेका छौं जसले मार्केटको कन्फिडेन्ट बढेको छ। यसले बजारमा पारदर्शिता बढ्नुका साथै बजार धेरै थपिएको छ। सन् २०१३ देखि क्रमश: कारोबार पनि बढ्दै आएको छ। 
हामीले सुन चाँदी तथा कृषिजन्यबस्तुको कारोबार गर्न धेरै कोशिश गरिरहेका छौं। कृषि बस्तुकालागि आलु, अदुवा, अलैंचीजस्ता बस्तुको अध्ययन भैरहेको छ। कालो अलैंचीको धेरै कार्टेलिङ भैरहेको छ। इलाम तथा ताप्लेजुङ क्षेत्रमा हामीले गरेको अध्ययनमा किसानले एक मनको ३०/४० हजार पाउँछन् तर त्यहि अलैंची भारतको सिलिगुडी पुग्दा ८० हजारदेखि एक लाख रुपैयाँ पुग्ने गरेको छ।

जसमा विचौलियाको ठूलो संजाल मार्फत धेरै मार्जिन नाफा राख्ने गरेको पाइयो। यसकालागि कमोडिटी बजारमा आउन जरुरी छ। यसले बजार मूल्य व्यवस्थापन हुन्छ। किसानले आफ्नो स्मार्टफोन मार्फत बजार भाउ थाहा पाउन सक्छन्। यसबाट बजारको पारदर्शिता हुन्छ। किसानले चाहेको मुल्यमा पर्खेर बेच्न पाउँछ।
 

नेपालमा एकभन्दा धेरै कमोडिटी  एक्सचेन्जको आवश्यकता छैन। नेपालको अर्थतन्त्र अनुसार दुर्इवटासम्म उपयुक्त हुन्छ। एउटा मात्र भएमा एकाधिकार हुन्छ प्रतिस्पर्धाकालागि पनि दुर्इवटा उपयुक्त हुन्छ। हामी पनि नियमले भनेअनुसार संचालन गर्न खोजिरहेका छौं। नियम कस्तो आउँछ त्यसपछि हामी कसरी अगाडि बढ्ने योजना बनाउने छौं। हामी हाल अन्तर्राष्ट्रिय स्ट्यार्डडको आधारमाचलीरहेकछौ।
 
मेक्स नेपालबाट अहिलेको अवस्थामा मासिक ३० देखि ४० हजारको ट्रान्ज्याक्सन हुने गरेको छ। साथै आजका दिन प्रतिदिन करिब३०करोड रुपैयाँबराबरको कारोबार हुने गरेको छ। यसमा शनिबार र आइतबार कारोबार हुँदैन। मार्केटमा अनुशासन हुनु आवश्यक हुन्छ । एकको कारोबार अर्कोले गर्न हुँदैन तथा यसकालागि शिक्षा पहिलो सर्त हो। यसमा आफ्नो जोखिम लिने क्षमता कति छ त्यसैको आधारमा कारोबार गर्नु पर्छ। 
 
कमोडिटी मार्केटमा हेजिङ गर्न सकिन्छ। बस्तु बजार भनेको फ्युचरस मार्केट पनि हो। यसमा अप्सन, फ्युचरस्, स्पट कारोबार हुन सक्छ। नेपालमा तीनै कारोबार हुन्छ। आर्विट्रेजको लागि पनि कारोबार हुन्छ। 
 
नेपालमा कमोडिटी बजारबाट कृषिको विकास हुन्छ। अहिलेको अवस्थामा नै रहने हो भने नेपालमा कृषिलार्इ छाड्ने धेरै हुन्छन्। सबै विदेसिएका छन् यसलार्इ रोक्न पनि कमोडिटी बजारको विकास हुन आवश्यक छ। कमोडिटी बजारको बिकाससँगै कृषि बस्तुको ब्यापारकालागि निश्चित गुणस्तर हुन आवश्यक छ। यसले कृषकको उत्पादकत्व बढ्छ। यसले नेपालकै कृषि उत्पादनको गुणस्तर बढ्छ।

जति देशमा कमोडिटी बजार आएका थिए ति सबै देशको उत्पादनमा गुणस्तर बढेको छ। नेपालमा आलु धेरै उत्पादन तथा खपत पनि धेरै हुन्छ तर आयात पनि धेरै हुन्छ। यसले उत्पादन तथा संख्यात्मक रुपमा पनि धेरै हुन्छ। नेपालको यार्सागुम्वाकोपनिकरोबारगराउनसकिन्छ ।
 

कमोडिटी बजारको नियम आइसकेपछि नेपालमा सुन खपतमा पनि थपनियन्त्रण हुन्छ। नेपालीहरु कमोडिटी बजारबाट सुनको किनबेच गर्न थाल्नेछन् । यसैले सुन किनेर संचय गर्नेहरु पनि कमोडिटी बजारमा आउने छन्। 
 
अबको दिनमा हाम्रो फोकस भने इन्डेक्सको विकास गर्ने रहेको छ। नेपाल स्टक एक्सचेन्जको जोखिम कभरेजकालागि कमोडिटी बजारमा नेपाल स्टक एक्सचेन्जको फ्युचरस इन्डेक्सको कारोबार मिल्छ। जस्तो नेपाल स्टक एक्सचेन्जमा किन्न मिल्छ तर बेच्न मिल्दैन। नेपाल स्टक एक्सचेन्जको रिस्क हेज गर्न मिल्छ। नेपाल स्टक तल झरेमा कमोडिटी बजारबाट हेज गर्न पाउँछ। यसले गर्दा मार्केट तलमाथि हुनुले केही फरक पर्दैन र बजार विकल्पको रुपमा रहन सक्छ।  

क्वालिटी एण्ड ग्रेडिङकालागि प्राइभेट, कम्युनिटी र पब्लिकले खोल्न सक्छन्। यसकालागि धेरै सरकारी तथा गैरसरकारी निकाय सहयोग गर्न तयार भएका छन्। 

 
अहिले मेक्स नेपालमा कुखुराको अण्डाको कारोबार हुने गरेको छ। अण्डामा धेरै क्वालिटीको जरुरत छैन। यसकालागि दैनिक सम्झौता हुने गरेको छ। यसकालागि हामीले ठूलो तथा मध्यम गरेर छुट्याएका छौं। हामीले भेण्डरको माध्यमबाट कारोबार गर्ने गरेका छौं। यसकालागि भेण्डर मार्फत डिजिटल प्रबिधिबाट किन्ने बेच्ने काम गरेका छौं।

भेण्डरले  अण्डाको लागि ७ दिनसम्म रोकेर राख्छ। अर्डर नआएमा भेन्डरले स्थानीय बजारमा बेच्न सक्छ। अहिले भेन्डर तथा किन्ने पनि धेरै छैनन्। त्यसैले यसको बजार कम छ पछि बिस्तारै भेन्डर थप्दै ल्याउने छौं। बजारमा गुणस्तर बस्तु आउने हो भने बजारमा निश्चित रुपमै सहभागिता बढ्ने छ। 
 

ऐन नियम भएमा बजार पनि बढ्दै जाने छ। नियम बनाउँदै गर्दा नियमनकारी निकायले कृषिजन्य बस्तु बजारकालागि क्वालिटी एन्ड ग्रेडिङ एजेन्सी खोल्ने उपयुक्त नियम बनाउनु पर्छ। १० प्रतिशत टिडिएस धेरै भयो यसलार्इ घटाउन पर्छ। विधेयक आएपछि नेपाल स्टक एकस्सचेन्जको फ्युचरस इन्डेक्स आउनु पर्यो। 
(मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेडका सिइओ सुरेन्द्रनसँग बिजमाण्डूका अरुण सापकोटाले गरेको कुराकानीमा आधारित)