snickers

गाडी किन्नेलाई नाडामा बैंकले ल्याए ऋण स्किम, नौं बर्षसम्म ऋण पाइने, सेवा शुल्कमा पनि छुट






काठमाडौँ। नाडा अटो शोलाई लक्षित गरेर अधिकांस वाणिज्य बैंकहरुले ब्याज दरलाई सस्तो बनाएका छन्। अटो शो चलिरहेको भृकुटी भण्डपमा स्टल नै राखेर बैंकहरुले कर्जा स्किमका बारेमा जानकारी दिइरहेका छन्। 
 
बैंक  ब्याज व्यक्तिगत  ब्याज ब्यापारिक  व्यक्तिगत अबधि  ब्यापारिक अबधि 
बैंक अफ काठमाडौँ  ११.५७ १२.५७ ८ वर्ष  ५ वर्ष 
ग्लोबल बैंक  १०.४ १३.४ ७ वर्ष  ५ वर्ष 
स्ट्याण्डर्ड चार्टड बैंक ८.९७ ८.९७ ६ वर्ष  ६ वर्ष 
हिमालयन बैंक  १०.४४ ११.४४ ८ वर्ष  ५ वर्ष 
प्रभु बैंक  १२.२६ १४.५१ ५ वर्ष  ५ वर्ष 
एनआईसी एसिया बैंक    ११.१५ ११.१५ ७ वर्ष  ६ वर्ष 
लक्ष्मी बैंक  १०.८२ १०.८२ ९ वर्ष  ९ वर्ष 
माछापुच्छ्रे बैंक १०.५ १२.५ ८ वर्ष   
सानिमा बैंक  १२.५ १३ ७ वर्ष  ७ वर्ष 
पाँचदेखि नौं बर्षसम्मका लागि ऋण स्किम ल्याएका बैंकहरुले स्टलबाटै सवारी साधन बुक गर्ने सुविधासमेत दिएका छन्। स्टल राखेका मध्ये सबैभन्दा सस्तो ब्याज दर ग्लोबल आइएमइ बैंकको छ। बैंकले १०.४ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने स्किम ल्याएको छ। अधिकतम ब्याज दर १२.५ प्रतिशतसम्म छ।
 
अघिल्लो बर्षको नाडा अटो शोको तुलनामा यसपाली बैंक ब्याज दर भने महँगो छ। गत बर्ष ६ प्रतिशतसम्मको ब्याज दर यसपाली दोब्बरसम्म बढेको हो।
 
बैंकहरुसँग थप ऋण दिने क्षमता घट्दा ब्याज दर बढेको हो। तैपनि नाडामा उपभोक्ता ऋण वढाउने उद्देश्यले बैंकहरुले तुलनात्मक रुपमा केही ब्याज भने घटाएका छन्।
 
राष्ट्र बैंकले डाउनपेमेन्ट ५० प्रतिशत हाल्नु पर्ने ब्यवस्थामा परिवर्तन गर्दै ३५ प्रतिशत राखे पुग्ने ब्यवस्था गरेपछि गाडी किन्नका लागि बैंक ब्याज दर बुझ्न जानेहरु बढेका छन्। राष्ट्र  बैंकले व्यक्तिगततर्फ सवारीसाधन मूल्यको ६५ प्रतिशत र ब्यपारिक प्रयोजनका लागि ८० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था गरेको छ। 
 
'गुड्नुहोस् सबैभन्दा अगाडि' भन्ने नाराका साथ बैंक अफ काठमाण्डूले मेला परिसरबाटै सबारीसाधन बुक गर्ने स्किम ल्याएको छ। 
 
अधिकतम आठ वर्षसम्म किस्ता बुझाउन सक्ने गरि देश भरिका शाखाबाट ऋण लिन सकिने सुबिधा दिएको बैंकले जनाएको छ। 


 
'कुनै पनि सबारी साधान रोज्नुहोस फाइनान्स हामी गर्छौ' भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले नाडा स्पेसल जीआईबिएल अटो लोन सार्बजनिक गरेको छ। बैंकले व्यक्तिगत सात वर्षको लागि ऋण उपलब्ध गाराउने जनाएको छ। बैंकले व्यक्तिगत तर्फ १०.४० प्रतिशत र ब्यबसायिकतर्फ १३.४० प्रतिशत ब्याजदरमा ऋण दिने योजना सार्बजनिक गरेको छ। 
 
स्ट्याण्डर्ड चार्टड बैंकले मेलामा व्यक्तिगत र ब्यवसायिक प्रयोजनका लागि दिईने कर्जामा स्किम सार्बजनिक गरेको छ। बैंकले आधार दर ६.४७ प्रतिशतमा साढे दुई देखि साढे तीन प्रतिशत बिन्दु ब्याजदर जोडेर ऋण दिने जनाएको छ। यो स्किम एक बर्षका लागि हो।
 
हिमालयन बैंकले व्यक्तिगततर्फ १०.४४ र ब्यपारिक प्रयोजनका लागि ११.४४ प्रतिशत ब्याजमा ऋण दिने जनाएको छ। बैंकले आठ वर्षको लागि ऋण दिने छ। प्रभु बैंकले व्यक्तिगततर्फ १२.२६, ब्यापारिक १४.५१ प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि सवारीसाधन कर्जा उपलब्ध गराएको छ।
 
'हाक्नुहोस आफ्नो सपनाको गाडी' भन्ने नाराको साथ एनआईसी एसिया बैकले सवारी साधन कर्जाको स्किम सार्बजनिक गरेको छ। व्यक्तिगत र व्यापारिक प्रयोजनका लागि ११.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नाडामा सवारीसाधन कर्जा लिए सेवा शुल्कमा छुट दिने बैंकले जनाएको छ। व्यक्तिगतलाई सात वर्ष र ब्यपारिक प्रयोजनमा ६ वर्षको लागि कर्जा दिने योजना बैंकको छ।
 
लक्ष्मी बैंकले पनि व्यक्तिगत र ब्यापारिक प्रयोजनमा ९ वर्षको लागि १०.८२ प्रतिशत ब्याजदरमा कर्जा दिने स्किम ल्याएको छ। मेलामा कर्जा बुक गरे सेवा शुल्कमा समेत छुट दिने बैंकले जनाएको छ। 
 
'सपनालाई परिबर्तन गर बास्तबिकतामा' भन्ने नारा सहित माछापुच्छ्रे बैंकले सेवा शुक्लमा छुट सहित आफ्नो योजना सार्बजनिक गरेको छ। बैंकले मेलामा कर्जा लिए एक लाख लिमिट भएको क्रेडिट कार्ड एक वर्षको लागि ऋणसँगै दिने जनाएको छ। १०.५ प्रतिशत ब्याजदरमा आठ वर्षको लागि ऋण दिने योजना सार्बजनिक गरेको हो। 
 
'मिहेनती हात समृद्धिको लागि हाम्रो साथ' भन्ने नारा सहित सानिमा बैंकले व्यक्तिगत र ब्यपारिक प्रयोजनका लागि सात वर्षको कर्जा अबधि सार्बजनिक गरेको छ। बैंकले व्यक्तिगततर्फ १२.५ र ब्यापारिकतर्फ १३ प्रतिशत ब्याजदरमा ऋण दिने जनाएको छ।


Share this Story

   

गाडी किन्नेलाई नाडामा बैंकले ल्याए ऋण स्किम, नौं बर्षसम्म ऋण पाइने, सेवा शुल्कमा पनि छुट को लागी १ प्रतिक्रिया(हरु)

Sant kumar mahato[ Aug 30, 2017 - 08:49 pm ]
Thats very good... i need 1... where should i contact???

   हालसम्म १५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.