एनएमबि बैंकले बैकास्युरेन्स्का लागि छान्यो मेटलाइफ, बैंकका सबै शाखाबाट सेवा उपलब्ध हुने

बिजमाण्डू
२०७४ भदौ १ गते १८:२१ | Aug 17, 2017
एनएमबि बैंकले बैकास्युरेन्स्का लागि छान्यो मेटलाइफ, बैंकका सबै शाखाबाट सेवा उपलब्ध हुने

काठमाडौं । एनएमबि बैंकले बैकास्युरेन्स् सेवाका लागी मेटलाइफ इन्स्योरेन्स कम्पनीसँगको सम्झौता गरेको छ। सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र मेटलाइफका भाइस प्रेसिडेण्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरे। 

सम्झौतासँगै एनएमबि बैंकले आफ्ना शाखाबाट ग्राहकलाई मेटलाईफको जीवन बीमा योजना उपलब्ध गराउनेछ । बैंकका सिइओ के.सी.ले सेवाग्राहीका वित्तीय आवश्यकता सम्वोधन गर्न मेटलाइफसँग साझेदारी गरेको बताए। उनले आगामी दिनमा समेत बैंकले उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्वता ब्यक्त गरे। बैंकले विश्वस्तरीय बैंकिङ प्रोडक्ट तथा सेवा—सुबिधा प्रदान गर्ने समेत बताए। 
 

Tata
GBIME
Nepal Life