गण्डकी विकास बैंक पुग्यो हिमालपारिको मनाङ, भदौ भित्र थप छ शाखा विस्तारको तयारी

बिजमाण्डू
२०७४ भदौ १ गते १८:१४ | Aug 17, 2017
काठमाडौं । गण्डकी विकास बैकले मनाङको चामेमा ५१ औं शाखा स्थापना गरेको छ। यो शाखाको बैंकका अध्यक्ष जगनबहादुर गुरुङ्गले उद्घाटन गरे। अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सिमित नगरी ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँमा पनि विस्तार गर्दै लैजाने बताए। 

चामेको शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै एबिबिएस, एटिएम र एसएमएस सेवा प्राप्त हुनेछ। त्यसैगरी मोवाइल बैंकिङ्ग, रेमिटेन्स सेवा पनि प्राप्त हुने बैंकले जानकारी दिएको छ। बैंकले यही महिना भित्रै विर्तामोड, विराटनगर, वीरगञ्ज, गंगवु, अमुवा र पोखराको चाउथेमा शाखा संचालन गर्ने तयारी गरिरहेको छ।

बैंकले गत आर्थिक वर्षमा  ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो भने १८ अर्ब ३३ करोड निक्षेप संकलन गरेर १६ अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ। बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत छ । 
 

Tata
GBIME
Nepal Life