सिन्धु र काबेली विकास बैंकको हकप्रद निष्काशन, पोखरा फाइनान्सको एफपिओ आज अन्तिम

बिजमाण्डू
२०७४ भदौ १ गते १०:५३ | Aug 17, 2017
काठमाडौं। सिन्धु विकास बैंक र काबेली विकास बैंकले भदौ १८ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने भएका छन्। सिन्धु विकास बैंकले ८० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ भने काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने छ।
 
सिन्धु विकास बैंकले भदौ ८ गतेसम्म कायम शेयरधनीका लागि दश शेयर बराबर ८ को अनुपातमा हकप्रद जारि गर्ने भएको हो। 
 
बैंकले प्रति साधारण शेयर १०० रुपैयाँको दरमा २० लाख ९७ हजार ५४० कित्ता साधारण शेयरको निष्काशन गर्न लागेको हो। बैंकको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल हो। 
 
बैंकको हकप्रद एनआविएल क्यापिटल लाजिम्पाट, सिन्धु विकास बैंकका सम्पुर्ण कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, वुटवल, नेपालगञ्ज र धनगढीमा गएर भर्न सकिन्छ। 
 
कावेली विकास बैकले साउन १८ गतेसम्म कायम भएका शेयरधनीहरुको लागि दुर्इ शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएकव हो। बैंकले तीन लाख ५० हजार ८८० कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो। 
 
बैंकले भदौ १८ देखि असोज २१ सम्म हकप्रद शेयर निष्कासन गर्ने विक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ।
 
बैंकको हकप्रद आवेदनको लागि ग्लोबल आइएमर्इ  क्यापिटल जमल, काबेली विकास बैंकका केद्रिय तथा शाखा कार्यालयहरु, ग्लोबल आइएमर्इ बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, चितवन, पोखरा, नेपालगंज, बुटवलमा दिन सकिन्छ।
 
पोखरा फाइनान्सको जारि गरेको एफपिओ भर्ने आज अन्तिम दिन हो। फाइनान्सले एक सय रुपैयाँ प्रिमियम थप गरि २२० रुपैयाँमा एफपिओ जारी गरेको हो। 

Tata
GBIME
Nepal Life