बोटलर्स तराई र नेपालको नाफा बढ्यो, तराईको ४२ प्रतिशतले बढेर साढे ३९ करोड रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७४ भदौ १ गते १०:३६ | Aug 17, 2017
काठमाडौं। बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपालले नाफा बढाएका छन्। बोटलर्स नेपाल (तराई) को नाफा ४२ प्रतिशतले बढेको छ भने बोटलर्स नेपालको ३४ प्रतिशतले बढेको छ। 
 
बोटलर्स नेपाल तराईले गत आर्थिक बर्षमा ३९ करोड ५४ लाख रुपैयाँ नाफा गरेको छ भने अघिल्लो आर्थिक बर्षमा २७ करोड ६७ लाख रुपैयाँ थियो। कम्पनीले उत्पादन बेचेर गत आर्थिक बर्षमा ४ अर्ब ४७ करोड आम्दानी गरेको छ भने उत्पादन खर्च तीन अर्ब ९ करोड रुपैयाँ रहेको छ।
 
कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी ३२७ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक बर्षमा २२९ रुपैयाँ थियो। 
 
त्यस्तै बोटलर्स नेपालले गत आर्थिक बर्षमा ५८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ भने अघिल्लो आर्थिक बर्षमा ४३ करोड ३८ लाख रुपैयाँ नाफा थियो।
 
कम्पनीले गत आर्थिक बर्षमा उत्पादन बेचेर ७ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको थियो भने उत्पादन लागत ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ। 
 
कम्पनीको चुक्ता पूँजी १९ करोड २८ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडाकोषमा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २७३ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक बर्ष २१० रुपैयाँ थियो।

Tata
GBIME
Nepal Life