राष्ट्रिय बाणिज्य बैंकको नाफा ३० प्रतिशतले बढ्यो, कर्मचारी खर्च उच्च हुँदा नाफा ३ अर्ब ८ करोड

बिजमाण्डू
२०७४ भदौ १ गते ०९:३४ | Aug 17, 2017
राष्ट्रिय बाणिज्य बैंकको नाफा ३० प्रतिशतले बढ्यो, कर्मचारी खर्च उच्च हुँदा नाफा ३ अर्ब ८ करोड
काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्षभन्दा ३० प्रतिशत बढि नाफा गरेको छ। बैंकले यसपाली तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षमा दर्इ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको थियो। 
 
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ६ अर्ब ९७ करोड रुपैयाँ थियो भने अघिल्लो बर्षमा ५ अर्ब ५४ करोड रुपैयाँ थियो। बैंककले गत आर्थिक बर्षमा डुवेको एक अर्ब २१ करोड रुपैयाँ ऋण राइट व्याक गरेको छ। 
 
बैंकले गत आर्थिक बर्षमा एक खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत आर्थिक बर्षमा बैंकको कर्मचारी खर्च मात्र तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ।
 
बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ।
 
बैंकको गत आर्थिक बर्षमा पूँजी कोष अनुपात १०.४६ प्रतिशतबाट बढेर ११.८३ प्रतिशत पुगेको छ। त्यस्तै बैंकको खराब कर्जामा उल्लेख्य सुधार आएको छ। बैंकको एक आर्थिक बर्षमा ४.२५ प्रतिशतको खराब कर्जा घटेर २.३५ प्रतिशत रहेको छ।

Tata
GBIME
Nepal Life