गोगंबुको बिजी मलमा सुरु भयो ‘मनसुन फेस्ट सेल’, सामान खरीदमा पचास प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७४ साउन ३२ गते २०:२५ | Aug 16, 2017
गोगंबुको बिजी मलमा सुरु भयो ‘मनसुन फेस्ट सेल’, सामान खरीदमा पचास प्रतिशतसम्म छुट
काठमाडौं। काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘मनसुन फेस्ट सेल’सुरु भएको छ।

Tata
GBIME
Nepal Life

१७ दिने यो अवधिमा मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । ‘मनसुन फेस्ट सेल’ भदौ १ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।
 

मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा,जुत्ता चप्पल,खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।
 
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत पाँच दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।