चौधरी फाण्डेसनले बाढी पीडितलार्इ राहत वितरण थाल्यो, औषधी,खाद्यान्न र कम्बल वितरण

बिजमाण्डू
२०७४ साउन ३२ गते १७:३९ | Aug 16, 2017
काठमाडौं।चौधरी फाउण्डेसनले बाढी पीडितहरूलाई तत्काल राहत पुर्याउन  प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, कम्बल, म्याट लगायतका सामाग्री वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन,नवलपरासी र बर्दियामा बाढीबाट धेरै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका हुन्। चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई चाउचाउ,वाईवाई भुजिया, रियो जुस र रियो पानी वितरण गरिएको फाउण्डेसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट प्रभावित कदमाहा र जोगिनियामा पुगि राहतवितरण गरेको छ ।बुधबार सुनसरीको देवानगञ्ज र हरिनगर  लगायत गाउँमा राहत वितरण गरिएको फाउण्डेसनले जनायो।

फाउण्डेसनले चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरेको छ ।नवलपरासीको सरावल गाउँपालिकाको भुजवागाउँमा राहत वितरणका लागि टोली गइसकेको फाउण्डेसनले जनायो।फाउण्डेसनले बर्दियामा प्रमुख जिल्ला अधिकारी बिष्णु थापालाई एक हजार प्याकेट राहत सामाग्री हस्तान्तरण गरेको छ। 
 

फाउण्डेसनले पीडितहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘हेल्थ किट’ पनि वितरण गर्ने तयारी गरेको छ । ‘तराई क्षेत्र बाढी र डुवानको चपेटामा परेको छ । बाढीबाट जनधन क्षति हुनुका साथै धेरै विस्थापित हुनुपरेको छ ।यो विपत्तीको समयमा मानवीय सहयोगको हात बढाउनु हाम्रो परम्परा हो’,फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने ‘फाउण्डेसन बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ ।'