नेशनल र सूर्या लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, दुर्इ बिदेशी बीमा कम्पनीले नाफा घटाए

बिजमाण्डू
२०७४ साउन ३२ गते ११:४१ | Aug 16, 2017
नेशनल र सूर्या  लाइफ इन्स्योरेन्सको नाफा बढ्यो,  दुर्इ बिदेशी बीमा कम्पनीले नाफा घटाए
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्सयोरेन्स कम्पनीले अघिल्लो आर्थिक बर्षको भन्दा नाफा बढाएका छन्। दुर्इ बिदेशी कम्पनी मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स) र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा शुल्क आर्जन बढेको भए पनि नाफा भने घटेको छ।
 
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा २३ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा १६ करोड ९५ लाख रुपैयाँ थियो। 
 
कम्पनीले गत आर्थिक बर्षमा बीमा शुल्कबाट ४ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीको यस्तो आर्जन तीन अर्ब ७८ करोड रुपैयाँ थियो। कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ। 
 
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको अघिल्लो आर्थिक बर्षमा ८ करोड ३९ लाख रुपैयाँ नाफा रहेको थियो। कम्पनीले गत आर्थिक बर्षमा बीमा शुल्कबाट एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको थियो। अघिल्लो आर्थिक बर्षमा कम्पनीको यस्तो आर्जन एक अर्ब ७ करोड रुपैयाँ थियो। 
 
कम्पनीको चुक्ता पूँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड ४६ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको छ। 
 
मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा २२ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीले ३३ करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो।
 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक बर्षमा ११ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षमा ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो। 

Tata
GBIME
Nepal Life