सानिमामाई हाइड्रोपावरले नाफा कमाउन सुरु गर्यो, करिव २९ करोड नाफा, अपि पावरको नाफा घट्यो

बिजमाण्डू
२०७४ साउन ३२ गते ११:३६ | Aug 16, 2017
काठमाडौं। सानिमामाई हाइड्रोपावरले गत आर्थिक बर्षदेखि नाफा कमाउन सुरु गरेको छ। कम्पनीले गत आर्थिक बर्षमा २८ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीले अघिल्लो आर्थिक बर्षमा दुर्इ करोड ९६ लाख रुपैयाँ घाटा बेहोरेको थियो। 
 
कम्पनीले गत आर्थिक बर्षमा बिद्युत वेचेर ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड ५० लाख रुपैयाँ छ। कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ। 
 
त्यस्तै अपि पावरले गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षमा नाफा घटाएको छ। कम्पनीले गत आर्थिक बर्षमा ७ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ भने अघिल्लो आर्थिक बर्षमा ८ करोड ८ लाख रुपैयाँ थियो। 
 
कम्पनी गत आर्थिक बर्षमा विद्युत वेचेर १३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीले विद्युत वेचेर १० करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो। 
 
कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ८६ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको छ। 

Tata
GBIME
Nepal Life