बाढीबाट सौराहाको होटलमा १५ करोड क्षति, भोलीदेखि १५ वटा होटल संचालनमा आउने

बिजमाण्डू
२०७४ साउन ३१ गते २१:३८ | Aug 15, 2017
बाढीबाट सौराहाको होटलमा १५ करोड क्षति, भोलीदेखि १५ वटा होटल संचालनमा आउने
काठमाडौं।अविरल वर्षासँगै आएको बाढीले सौराहाको होटलमा मात्रै १५ करोड रुपैयाँको बराबरको क्षति भएको छ।

Tata
GBIME
Nepal Life

क्षेत्रीय होटल संघले तयार पारेको प्रारम्भिक तथ्यांकका आधारमा यो क्षतिको आकलन गरिएको हो।संघका अध्यक्ष सुमन घिमिरेले बाढीले सौराहामा होटलमा मात्रै १५ करोडको क्षति भएको बताए।उनका अनुसार सौराहाका सबै १ सय १० होटलमा बाढी पसेको थियो।‘हाम्रो प्रारम्भिक तथ्यांकका आधारमा १५ करोड क्षति भएको देखिएको छ।यो अझै बढ्ने देखिएको छ’उनले बिजमाण्डूसँग भने,’बाढीका कारण राप्तीसँग नजिक रहेका होटलमा बढी क्षति भएको छ।‘


घिमिरेले बाढी सबै होटलमा पसेपनि पर्यटकलार्इ सुरक्षित राख्न स्थानीय प्रशासन,सुरक्षा निकाय,होटलमा कार्यरत कर्मचारी र स्थानीय जनताको सहयोग महत्वपूर्ण रहेको बताउँदै पर्यटक सुरक्षित गर्ने दायित्वमा सबै दत्तचित भएर लागेकोले सफल भएको बताए।पानीको सतह घटेपछि सौराहाका होटल सफा गर्ने काम भइरहेको बताउँदै उनले बुधबारबाट १५ वटा होटल संचालनमा आउने उनले बताए।

उनका अनुसार अरु होटल भने एक साताभित्र संचालनमा आउनेछ।संघले नारायणगढ-मुग्लिन सडकखण्ड निर्माण नहुँदा संकटमा परेको सौराहाको पर्यटनलार्इ बाढीले थप धरासायी पारेको बताउँदै बैंक ब्याजमा सहुलियतका लागि सरकारसँग माग गरेको छ।