एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी, मलेसियामा एनआरएनएले के गर्छ?

बिजमाण्डू
२०७४ साउन ३१ गते २१:०४ | Aug 15, 2017
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)मलेसियाको अध्यक्ष पदमा रमेश तिवारीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

उनी अहिले एनआरएनए मलेसियाका उपाध्यक्ष हुन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन हुँदैछ।यो अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ।काठमाडौं मूलपानी घर भएका तिवारी करिब १० वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन् ।

Tata
GBIME
Nepal Life

मलेसियामा रहेका नेपाली समुदायलाई संगठित गर्ने, नेपालीलाई पर्ने समस्यालाई समाधान गर्ने, मलेसियास्थिति नेपाली राजदूतावासको समन्वयमा नेपाली समुदायको हितका लागि विभिन्न कार्य गर्नुपर्ने भएकोले पनि एनआरएनए मलेसियाको नेतृत्वलाई महत्वपूर्ण रुपमा लिने गरिएको छ। नेपालीको प्रमुख रोजगारी गन्तत्वको रुपमा रहेको मलेसियामा हाल करिब ७ लाख नेपाली विभिन्न पेशा तथा रोजगारीमा छन् । 
 

मलेसियामा कानुनी, सामाजिक, आार्थिक, राजनीतिकलगायतका झमेलामा परेर पीडामा परेका नेपालीहरुलाई आफूले हरबखत सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा अझ सक्रियताका साथ नेपाली समुदायको हितमा काम गर्न उम्मेदवारी दिएको उनले बताए।  अध्यक्षमा निर्वाचित भएपछि मलेसियामा नेपाली कामदारलाई दिइने न्यूनतम पारिश्रमिकको सीमा बढाउन मलेसिया सरकारमाथि दबाब सिर्जना गर्ने र  नेपाली कामदारप्रतिको मलेसिया सरकारको व्यवहार लचिलो बनाउन दबाब दिने तिवारीले बताए।