निजी गाडी किन्न अब ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट, ‘नाडा अटो शो’को पूर्व सन्ध्यामा वम्पर

बिजमाण्डू
२०७४ साउन ३१ गते २०:२७ | Aug 15, 2017
काठमाडौं।अब निजी सवारी साधन किन्दा ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट बुझाए हुने भएको छ।

Tata
GBIME
Nepal Life


नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ६५ प्रतिशतसम्म ऋण दिने व्यवस्था अनुसार निर्देशिका जारी भएपछि ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट तिरेर गाडी किन्न पाइने भएको हो।यो व्यवस्थापछि प्यासेन्जर भेहिकलको व्यापार बढ्नेछ।राष्ट्र बैंकले मौद्रिक नीति जारी भएको झण्डै चालिस दिनपछि निर्देशिका जारी गरेको हो।यो निर्देशिका जारीपछि बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह गर्नेछन्।

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका अनुसार मौद्रिक नीतिमा व्यवस्था भए अनुसार निर्देशिका नआउँदा व्यापार थप ठप्प भएको थियो।एशोसिएसनका अनुसार गाडी किन्न शोरुमा जाने ग्राहक पनि ५० प्रतिशत मात्रै ऋणका कारण फर्किएर जाने गरेका थिए।एशोसिएसनका अनुसार नयाँ व्यवस्थासँगै निजी सवारी साधनको बिक्री बढ्नेछ।
 

अघिल्लो आर्थिक वर्षको अर्धवार्षिक समिक्षामार्फत निजी गाडीका लागि ५० प्रतिशत ऋणको सीमा तोकेको थियो। यो व्यवस्थाले निजी सवारी साधनको बिक्रीमा ब्रेक लागेको थियो। सवारी साधनको बिक्री घटेपछि राजस्व समेत प्रभावित भएको थियो। राजस्व प्रभावित भएपछि अर्थमन्त्रालयले समेत ऋणको सीमा बढाउन राष्ट्र बैंकलार्इ आग्रह गरेको थियो।नाडा अटो शोको पूर्वसन्ध्यामा भएको यो व्यवस्थाले प्यासेन्जर भेहिकलको व्यापार बढ्नेछ।विद्युतीय सवारी साधनको लागि भने २० प्रतिशत मात्रै डाउन पेमेन्ट तिरेपुग्छ।