निर्जीबन बीमा कम्पनीमध्ये नाफामा शिखर पहिलो, नेपाल इन्स्योरेन्सको नाफा १००% धेरैले बढ्यो

बिजमाण्डू
२०७४ साउन ३१ गते १०:१४ | Aug 15, 2017
काठमाडौं। मंगलबारसम्म वित्तिय विवरण प्रकाशित गरेका निर्जीवन बीमा कम्पनी मध्ये नाफामा शिखर इन्स्योरेन्स एक नम्बरमा रहेको छ।
 
कम्पनीले गत आर्थिक बर्षमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा ३० करोड ६६ लाख रुपैयाँ थियो। 
 
कम्पनीले गत आर्थिक बर्षमा दुर्इ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीले दुर्इ अर्ब बीमा शुल्क उठाएको थियो।
 
कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड ११ लाख रुपैयाँ जम्मा भएको छ। 
 
त्यस्तै नेपाल इन्स्योरेन्सले गत आर्थिक बर्षमा ११ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा ५ करोड ५८ लाख रुपैयाँ थियो। 
 
कम्पनीले गत आर्थिक बर्षमा ७४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी ७२ करोड २७ लाख रुपैयाँ थियो। कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड ७ लाख रुपैयाँ छ। 
 

Tata
GBIME
Nepal Life