सोल्टी होटलले कमायो १८ करोड २९ लाख, व्यायार ३७ प्रतिशत बढ्दा नाफा १२६ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०७४ साउन ३१ गते ०९:४१ | Aug 15, 2017
काठमाडौं । सोल्टी होटलले गत आर्थिक बर्षमा १२६ प्रतिशतले नाफा बढाएको छ। होटलले गत बर्ष १८ करोड २९ लाख रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक बर्षमा सोल्टीको नाफा आठ करोड रुपैयाँ मात्र थियो।

Tata
GBIME
Nepal Life


 

होटलले गत बर्ष अघिल्लो आर्थिक बर्षभन्दा ४२ करोड ४५ लाख रुपैयाँ बढी आम्दानी गरेको छ। गत आर्थिक बर्षमा होटलले सेवा बेचेर एक अर्ब ५७ करोड रुपैयाँ आम्दानी हो। गत बर्ष होटलले तलब भत्ता, सञ्चालन, भरण-पोषणको उपभोग्य बस्तु तथा अन्य गरेर ३७ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ।  
 
होटलको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८० करोड ९० लाख रुपैयाँ रहेको छ। 
 
होटलको प्रति शेयर अंकित मूल्य १० रुपैयाँ रहेको छ। त्यसमा प्रति शेयर तीन रुपैयाँको दरले आम्दानी गरेको हो।