पाँच करोड लगानीमा काठमाडौंमा खुल्यो च्छोरोल्पा गोल्डको शाखा, मोफसलबाट राजधानीको यात्रा

बिजमाण्डू
२०७४ साउन ३० गते १९:२० | Aug 14, 2017
पाँच करोड लगानीमा काठमाडौंमा खुल्यो च्छोरोल्पा गोल्डको शाखा, मोफसलबाट राजधानीको यात्रा
काठमाडौं।च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौंको चावहिलमा खुलेको छ ।

Tata
GBIME
Nepal Life

दोलखा चरिकोटमा रहेको च्छारोल्पा ज्वेलर्सले पाँच करोड लगानीमा आफ्नो पहिलो शाखा चावहिलमा स्थापना गरेको हो । दोलखाका सांसदहरु पशुपति चौलागाईं, पार्वत गुरुङ र नेपाल सुनचाँदी कला व्यावसायी संघका अध्यक्ष द्वारिका शंकरले सोमवार संयुक्तरुपमा ज्वेलर्सको उद्घाटन गरे ।सांसद चौलागाईंले चारिकोटमा प्राप्त गरेको विश्वासलाई कामय राख्दै स्तरीय र शुद्ध गरगहना विक्री गर्न च्छोरोल्पा ज्वेलर्सलाई सुझाव दिए । 
 

चावहिलचोकबाट गणेशस्थान जाने बाटेमा रहेको ज्वेलर्समा सुनचाँदीका  गुणस्तरीय गरगहना उपलब्ध रहेको सञ्चालक घनश्याम रिजालले बताए । ‘यहाँ आधुनिक, परम्परागत र चलनचल्तीका गरगहना पाईन्छन्’ उनले भने, ‘शाखा विस्तारको अवसरमा निश्चित समयका लागि ज्यालामा विशेष छुटको व्यवसथा समेत गरिएको छ ।’ सञ्चालक रिजाल संघको उपाध्यक्ष समेत हुन् । हाल च्छोरोल्पामा कालिगढ र विक्रेता समेतले गरेर १५ जना भन्दा बढीले रोजगारी पाइरहेको उनले जानकारी दिए ।