नबिलपछि नेपाल बैंक र नेपाल इन्भेष्टमेन्टले नाफा ३ अर्ब नघाए, नेपाल बैंकको कर्मचारी खर्च उच्च

बिजमाण्डू
२०७४ साउन ३० गते १०:०० | Aug 14, 2017
काठमाडौं। नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले एक आर्थिक बर्षमा नाफा तीन अर्ब रुपैयाँ नघाएका छन्। नेपाल बैंकले तीन अर्ब २१ करोड र इन्भेष्टमेन्ट बैंकले तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेका हुन्।
 
केही दिनअघि नाफा सार्बजनिक गरेको नबिल बैंकले तीन अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको जनाएको थियो।


 
नेपाल बैंकको नाफा दुई अर्ब ८८ करोडबाट तीन अर्ब २१ करोड रुपैयाँ पुगेको हो। बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ८३ करोड रुपैयाँ गरेको छ। बैंकले ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले कर्मचारी सेवा सुविधामा मात्रै दुर्इ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ। 
 
बैंकले एक आर्थिक बर्षमा ६ अर्ब ४६ करोड रुपैयाँको चुक्ता पूँजी बढाएर ८ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै बैंकको जगेडा कोषमा तीन अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ। 
 
नेपाल बैंकको पूँजी कोष अनुपात १०.२० प्रतिशतबाट बढेर १५.६१ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा गत आर्थिक बर्षमा केहि बढेको छ। बैंकको खराब कर्जा एक आर्थिक बर्षमा ३.११ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको हो। बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ रहेको छ। 
 
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्ष २३ प्रतिशतले नाफा बढाएको हो। बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ७८ करोड रुपैयाँ गरेको छ। बैंकले एक खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब छ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। 
 
बैंकको चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। बैंकले एस डेभलपमेन्टलाई एक्वायर गरेपछि पूँजी बढेको हो।
 
बैंकको पूँजी कोष अनुपात घटेको छ। १४.९२ प्रतिशतबाट पूँजी कोष अनुपात घटेर १४.४७ प्रतिशतमा आएको छ। खराब कर्जा अनुपात पनि ०.६८ प्रतिशतबाट बढेर ०.८३ पुगेको छ। बैंकको प्रति शेयर आम्दानी ३५ रुपैयाँ रहेको छ। 

Tata
GBIME
Nepal Life