काठमाडौंमा तरकारीको आपूर्ति कस्तो छ? ‘छिमेकी जिल्लाबाट धेरै आउँछ,आतिनुपर्ने अवस्था छैन’

बिजमाण्डू
२०७४ साउन २९ गते १७:३५ | Aug 13, 2017
काठमाडौंमा तरकारीको आपूर्ति कस्तो छ? ‘छिमेकी जिल्लाबाट धेरै आउँछ,आतिनुपर्ने अवस्था छैन’
काठमाडौं। लगातारको बर्षापछि आएको बाढी र पहिरोले सडकमा क्षति पुगेपछि काठमाडौंमा तरकारी आपूर्ति घटेको छ।

Tata
GBIME
Nepal Life


फाइल तस्विर

कालिमाटी तरकारी बजारमा आइतबार विहान साढे दुर्इ सय टन मात्रै तरकारी आएको छ।सामान्य समयमा सात सय टन तरकारी कालिमाटी तरकारी बजारमा आउँछ।कालिमाटी तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार आइतबार तरकारी आपूर्ति कम भएपनि छिमेकी जिल्लामा बाढीले खासै प्रभाव नपरेकोले अभाव हुँदैन।

धादिङ,काभ्रे,भक्तपुर लगायतका आसपासका जिल्लाबाट बढी तरकारी आउँछन्।यी क्षेत्रमा बाढी र पहिरोले खासै प्रभाव पारेको छैन।काठमाडौंमा खपत हुने तरकारीको ठूलो हिस्सा छिमेकी जिल्लाहरुबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ।आलु र प्याजमा भने भारत निर्भर छ।प्याज र आलु भारतबाट धेरै आयात हुने भएकोले केही समस्या हुन्छ।


तर केही दिनलार्इ धान्ने आलु र प्याज भएकोले समस्या नहुने उनले बताए।'आलु र प्याज काठमाडौंमा एक साता भन्दा बढी धान्ने स्टक छ।यो अवधिमा काठमाडौं आउने सडकका पहिरो हटाएर सामान आउँछ'उनले भने,तत्कालै यी वस्तुको अभाव हुने र महँगिने अवस्था देखिदैन।'बल्खु तरकारी बजारका व्यवस्थापक श्याम लामिछानेका अनुसार बल्खुमा समेत आइतबार तीन सय टन मात्रै तरकारी आएको छ।सामान्य समयमा ६ सय टन तरकारी बल्खु तरकारी बजारमा आउँछ।