वर्षाले प्राधिकरणको संरचना क्षति, देशभर विद्युत आपूर्ति गडबढ, प्राधिकरणले माग्यो माफी




काठमाडौँ। मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । 
 

प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने  अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । 
 
यसैगरी मुलुकका अन्य स्थानमा रहेका सबस्टेशन तथा वितरण केन्द्रमा समेत पानीका कारण समस्या आएको भन्दै प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध पैदा भएको शनिबार एक सूचनामार्फत जानकारी दिएको छ । 
 
विगत केही दिनदेखि पूर्व तथा मध्य नेपालमा परेको अबिरल वर्षाका कारण प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या आएकाले मर्मत कार्यमा विशेष ध्यान दिइएको जनाएको छ । 
 
युद्धस्तरमा मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ । छिटोभन्दा छिटो विद्युत् आपूर्तिका लागि कार्य भइरहेकाले संयमता अपनाउनसमेत प्राधिकरणले उपभोक्तामा आग्रह गरेको छ । 
 

Share this Story

   

वर्षाले प्राधिकरणको संरचना क्षति, देशभर विद्युत आपूर्ति गडबढ, प्राधिकरणले माग्यो माफी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.