काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य भन्छन्-मेरै कार्यकालमा मेट्रो रेल निर्माण हुन्छ




काठमाडौँ। काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 

महिला बौद्ध समूहले शनिबार आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो रेलका लागि उपयुक्त स्थानको खोजी तथा सम्भाव्यताको अध्ययन भइरहेको बताए।महानगर क्षेत्रमा विस्तार गर्न लागिएको सडक तथा बढ्दो सवारी चापका कारण अहिले धुवाँ, धुलो तथा ढलको समस्या रहेको बताउँदै उनले मेलम्ची खानेपानी आयोजना चाँडो पूरा गरी ती समस्या समाधान गरिने जानकारी दिए।
 
अन्तर्राष्ट्रिय युवा भिक्षु महासंघका उपाध्यक्ष भिक्षु तपस्सी धम्मले भूकम्पका कारण महानगरभित्र रहेका प्राचीन महत्वका सम्पदा स्थल जीर्ण बन्दै गएको र तीनको छिटो संरक्षण गर्न आग्रह गरे। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला सशक्तीकरण नभइकन सामाजिक रुपान्तरण असम्भव रहेको बताउँदै स्थानीय विकास निर्माणमा सम्बन्धित वडालाई सक्रिय बनाउने गरी गृहकार्य भइरहेको बतार्इन्।
 
कामनापा– १२ का वडाध्यक्ष विकास महर्जन लगायतले जीर्णोद्वार भएका विभिन्न सम्पदास्थल तथा अन्य स्थानको पुनःनिर्माणमा पनि सरकारको सहयोगी भूमिका हुनुपर्ने बताए।महिला बौद्ध समूहकी अध्यक्ष श्रीमिला सुवालले त्यस स्थानमा समयसमयमा सामाजिक कार्यक्रमका अतिरिक्त बौद्ध उपदेश फैलाउन विभिन्न गतिविधि गरिँदै आएको बतार्इन्।सोही कार्यक्रममा परीक्षामा राम्रो नतिजा ल्याएका बौद्धबारीस्थित स्थानीय ६५ विद्यार्थीलाई सम्मान तथा उत्कृष्ट १० लाई पुरस्कार वितरण गरिएका थियो । 
 

Share this Story

   

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य भन्छन्-मेरै कार्यकालमा मेट्रो रेल निर्माण हुन्छ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.